शनिबार, आश्विन १७ गते २०८३

तत्काल मर्जरमा जान इच्छुक बीमा कम्पनीहरूले तीन किसिमका छुट र सुविधा पाउने

जेठ २४, २०७९ मंगलबार
तत्काल मर्जरमा जान इच्छुक बीमा कम्पनीहरूले तीन किसिमका छुट र सुविधा पाउने

 

मर्जरमा जाने कम्पनीहरुलाई बीमा समितिले तीन वटा सुविधा दिने भएको छ । बीमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै समितिले मर्जरका लागि ईच्छुक बीमा कम्पनीलाई पुँजीगत लाभकर नलाग्ने, लाभांशमा कर नलाग्ने तथा कर्मचारी अवकाश भुक्तानीमा करमा छुट दिने जनाएको हो ।

बीमा कम्पनी गाभिए पश्चात कायम हुने नयाँ बीमक संस्थामा रहेका शेयरधनीहरुले आफ्नो शेयर गाभिएको मितिले दुई वर्षभित्रमा शेयर बिक्री गर्दा लाग्ने पूँजीगत लाभ करमा छुट पाउनेछन् । 

त्यस्तै, बीमा कम्पनीहरुले गाभिएको दुई वर्षभित्रमा गाभिएको अवस्थामा कायम रहेको शेयरधनीलाई वितरण गरेको लाभांशमा कर लाग्ने छैन । 

गाभिने प्रक्रियामा रहेका कम्पनीका कर्मचारीहरुलाई सामुहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एकमुष्ट भुक्तानीमा कर कट्टा गर्नुपर्ने दरमा ५० प्रतिशत छुट सुविधा दिइने समितिले जारी गरेको परिपत्रमा उल्लेख छ ।

२०७९ असार मसान्तभित्र गाभ्ने गाभिने तथा मर्जरमा जाने आशयपत्र आन्तरिक राजस्व विभागमा दिएका कम्पनीहरुले मात्रै पाउने समितिले भनेको छ । उक्त आशयपत्र दिएका कम्पनीहरुले आगामी २०८० असार मसान्तभित्र मर्जरको प्रक्रिया सम्पन्न गरिसक्नु पर्नेछ ।