बिश्वमा हरेक बर्ष जून ७ तारिखका दिन ‘बिश्व खाद्य सुरक्षा दिवस’ मनाइन्छ । आज याे चाैथाे बिश्व खाद्य सुरक्षा दिवस हाे । यस दिनकाे नारा छ - खाद्य सुरक्षाा सबैकाे सराेकार । गत बर्षको खाद्य सुरक्षा दिवसको नारा ‘स्वस्थ भोलीका लागि आज सुरक्षित भोजन’ भन्ने रहेको थियाे । आजभन्दा चार बर्ष पहिला २०१८ मा संयुक्त राष्ट्र संघ महासभाले हरेक बर्ष ७ जूनका दिन यो बिश्व खाद्य सुरक्षा दिवस मनाउने बिश्व घोषणा गरेको थियो । यसको उदेश्य पृथ्वीबासी सबै मानिसलाई सन्तुलित र सुरक्षित भोजन उपलब्ध गराउने दिशामा अघि बढ्ने भनिएको थियो । जसले गर्दा खाद्य पदार्थको अभावमा कसैको स्वास्थ्य प्रभाबित हनु नपाओस् र हरेकले स्वस्थ जीवन जिउन सकोस् । यसको पहिलो बर्षको नारा थियो – ‘खाद्य सुरक्षा, सबै को ब्यबसाय’ । तर ठीक त्यसको अर्को बर्ष नै कोरोना महामारीले बिश्वका अधिकांश देशहरुलाई आक्रान्त पार्न पुग्यो र यो दिबसलाई प्रतिकात्मकरुपमा अनलाइनमै मनाउनु पर्ने स्थिति सिर्जना हुनपुग्यो ।
गत बर्ष २०२१ मा पनि स्थिति त्यो महामारीकै दोश्रो चरण्बाट बिश्व गुज्रिन पुग्याे । तथापि संयुक्त राष्ट्र संघले ब्यापक स्तरमा यस बारे जागरुकता फैलाउनका लागि सुरक्षित खाद्य पदार्थ खान पाउनेभन्दा पहिला त्यसको उत्पादनदेखि लिएर प्रशोधन, भण्डारण र बितरणसम्मलाई जन स्वास्थ्यको दृष्टिले सुरक्षित तुल्याउन पहल गर्ने निर्णय लियो। संयुक्त राष्ट्र संघलाई यो कुरा थहानै छ कि आजको २१औं शताब्दीको तेश्रो दशक लागि सक्दा पनि कयौ देशहरुमा जनतालाई गुणस्तरहीन र खराब स्थितिको भोजन मात्र प्राप्त हुने गर्दछ ।जसले गर्दा स्वास्थ्य बिग्रिएर लाखौ मानिसको मृत्यु समेत हुने गरेको छ। यस सम्वन्धि एउटा प्रतिबेदनका अनुसार दुषित तथा खराब ब्याक्टेरियायुक्त भोजन सेवनका कारण प्रत्येक बर्ष हरेक १० जनामा एकजना ब्यक्ति बिमारी हुन पुग्दछ । बिश्वमा यसरी बिमारी हुनेको संख्या ६० करोडभन्दा बढी छ । तीमध्येका ३० लाख मानिसको जीवनको रक्षा हुन नसकेर मृत्यु हुने गरेको छ । यस स्थितिमा परिबर्तन ल्याउने र खाद्य सुरक्षालाई बढावा दिनका लागि त्यस प्रतिबेदनले बिश्व खाद्य तथा कृषि संगठन तथा बिश्व स्वास्थ्य संगठनलाई ठोस सुझाव पनि दिइराखको छ ।
यस सन्दर्भमा हाम्रो देशको कुरा गर्ने हो भने यस सम्वन्धि कुनै आधिकारिक र प्रामाणिक तथ्य तथ्यांक नै छ कि छैन निश्चितरुपमा भन्न सकिदैन । त्यसैले पनि नेपालमा यो दिनको महत्व अझ बढ्न जान्छ । सुरक्षित खाद्यान्न र खाद्य पदार्थको अभाव, समुचित बितरणको अभाव आदि कारणले खाद्य सुरक्षामा चूनौति रहेको अनुमान गर्न सकिन्छ । त्यसले कुपोषण बढेको र रोगहरु पनि बढेको हुनसक्ने प्रबल सम्भावना छ । उचित, सुरक्षित र सन्तुलित भोजनको अभावमा मातृत्व र खाशगरी गर्भबती महिलाहरु, स्तनपान गराइरहेका आमाहरु र बालबच्चाहरुलाई नकारात्मक असर परिहरको हुन सक्त छ । यस बारेमा ब्यापक अनुसन्धान र छानबिन गरेर ती समस्या हल गर्ने उपयुक्त नीति र बिधि अबलम्बन गरिनु अत्याबश्यक छ ।अन्यथा मानिसहरुको गरीमापूर्ण जीवनको कुरा केवल सधै एउटा सपना मात्र भएर रहनजाने हुन्छ । यसको अर्को समस्या मिलावट र मिसावटको समस्या पनि छ । जसले गर्दा स्वास्थ्यमा सोझै असर परिरहेको हुन्छ । यस सम्वन्धमा स्वास्थ्य, कृषि र समाजकल्याण तथा जेष्ठ नागरिक एबं गृह मन्त्रालय र सम्वन्धित लाइन एजेन्सीहरुले गम्भीरुपमा ध्यान दिनुपर्ने र समस्या समाधान गर्नुपर्ने हुन्छ ।
संयुक्त राष्ट्र संघको एउटा अर्को प्रतिबेदन अनुसार बिश्वमा यस्तो अखाद्य अर्थात् खराब भोजनमाथि पनि बर्षेनी ८ खर्ब डलर जति ब्यय भइरहेको हुन्छ । यो अपब्यय रोकेर खाद्य सुरक्षालाई नै सुरक्षित नतुल्याइएसम्म यो खाद्य सुरक्षाको सपना साकार हुने देखिदैन । बिश्वमा एकातिर अन्न खेर गइरहेको र बर्बादी भइरहेको स्थिति छ भने अर्कोतिर खाद्य असुरक्षाले गर्दा असंख्य मानिसरहको स्वास्थ्य स्थिति ठीक रहन सकेको छैन । यो स्थितिलाई अन्त्य गर्न गुणस्तीय कृषि उत्पादन र उपयुक्त बितरण तथा सही उपयोगको ठोस र प्रभावकारी नीति कार्यान्वय गरिनु अत्याबश्यक छ ।