शनिबार, आश्विन १७ गते २०८३

शुरुभयो महानगरको कल सेन्टर, १६६००१-०५५११ मा गुनासा टिपाउन सकिने

जेठ २३, २०७९ सोमबार
शुरुभयो महानगरको कल सेन्टर, १६६००१-०५५११ मा गुनासा टिपाउन सकिने

 

काठमाडौं महानगरपालिकाले गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) सञ्चालनमा ल्याएको छ ।

काठमाण्डौ महानगरका नवनिर्वाचित जनप्रतिनिधिहरुकाे जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले जनताले महानगरमा भोगेका समस्या, गुनासो सुन्नका लागि कलसेन्टर चालु गरेको बताए ।

महानगरकाे निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ मा सम्पर्क गरेर जिज्ञाषा, गुनासा र समस्या जानकारी गराउन सकिनेछ । महानगरका सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार कल सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन कल रिसिभ गर्न सकिने छ । हाललाई भने ५ वटाबाट शुरुवात गरिएको छ ।