बुधबार, भाद्र ३ गते २०८३

क्यान्सर उपचारमा नयाँ विधि र पध्दतिकाे खाेज र विकास

जेठ २२, २०७९ आइतबार
क्यान्सर उपचारमा नयाँ विधि र पध्दतिकाे खाेज र विकास
क्यान्सर उपचारमा नयाँ युग आरम्भ भएकाे पनि छ बर्ष बितिसकेकाे छ । तर साेचेजस्ताे प्रगति भएकाे छैन । यद्यपि यसले उपचार पध्दतिमा निकै ठूलाे फड्काे मारेकाे देख्न सकिन्छ ।
 
बैज्ञानिकहरुले ६ बर्ष अघि नै क्यान्सर  उपचार अब नयाँ युगमा प्रवेश गरेको बताएका थिए । त्यसमा क्यान्सर विरामीहरुले उनीहरुको ट्युमरसँग मिल्दो औषधी पाउनेछन्। ट्युमरको प्रकृति हेरेर उपचार गर्ने यो पद्दतिलाई क्यान्सरमा नयाँ युग ठानिएको हाे । यस सम्वन्धमा त्यति बेला तीस हजार डाक्टर र वैज्ञानिकहरुले भाग लिएको विश्वको सबभन्दा ठूलो क्यान्सर सम्मेलनमा कसरी नयाँ प्रविधिले क्यान्सर विरुद्धको लडाइ भइरहेको छ भन्नेबारे छलफल गरिरहेका थिए । तर अहिले पनि उपलब्ध त्यस किसिमका औषधीमा विरामीको पहुँच भए नभएको बारे पनि अनेकौं उदाहरण सहित छलफल भइरहेको छ ।
 
संयुक्त राज्य अमेरिकामा एउटा अन्तर्राष्टिय क्यान्सर सम्मेलनमा प्रस्तुत गरिएको परिक्षण उपचारको तथ्यांकले त्यस्ता औषधीले ट्युमर सुकाउने समयावधि निकै घटेको र क्यान्सर पछि व्यक्तिको आयु लम्ब्याएको देखाएको थियो ।
 
क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले भनेका छन् - ट्युमरमा आधारित उपचारका कारण नयाँ उपलब्धि संभव भएको हो । यसले अहिले प्रयोग गरिँदै आएका औषधीको विषाक्तताबाट पनि क्यान्सर विरामीहरुलाई मुक्ति दिलाउनेछ ।ट्युमरको अध्ययनमा भएको प्रगतिका आधारमा नयाँ उपचारहरु खोजिएको उनीहरुले बताएका थिए ।
 
यसैबीच ब्रिटिश वैज्ञानिकहरुले भनेका छन् औषधीको नयाँ प्रयोगले प्यानक्रियाटिक क्यान्सर लागेका व्यक्तिको आयु दोब्बर लम्ब्याउन सक्छ ।
 
बैज्ञानिकहरूले  डिएनएमा खराबी आएर म्युटेशन भइ अनियन्त्रित रुपमा कोष बढ्नु नै क्यान्सर हो भन्ने परिभाषा गर्ने गरेका छन्।
 
अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीको बार्षिक सम्मेलनमा कुन ट्युमरलाई कस्तो औषधी दिने भन्ने एउटा मूख्य विषय रहेको छ ।
 
डाक्टरहरु भनेका छन् : ट्युमरमाथिको अध्ययनका कारण नयाँ उपचार गर्ने तरिका आश्चर्यजनक मानिएकाे छ । तर अहिले नै उपलब्ध त्यस्ता औषधीहरुमाथि विरामीको पहुँच नभएको तथ्यमाथि पनि गम्भीर चासो व्यक्त भएको छ । नयाँ उपचार पद्दतिमा क्यान्सर एउटै खाले हुँदैन । उही तन्तुमा लाग्ने क्यान्सर पनि फरक फरक हुन सक्छन् । त्यसैले ट्युमर लक्षित क्यान्सर पद्दति आवश्यक हुने बताइन्छ । उनीहरुले भनेका छन् ः यो त कुन फुटबल खेल्दा अपनाइने रणनीति जस्तै हुन्छ जहाँ बार्सिलोनासँग या न्यू क्यासल युनाइटेडसँग या स्केगनेस टाउनसँग खेल्ने रणनीति फरक फरक हुने गर्छ।
 
क्यान्सर भनेको डीएनएमा म्युटेशन भएर अनियन्त्रित रुपमा कोष बढ्नु हो । क्यान्सर उपचारमा प्रयोग हुँदै आएको केमोथेरापी र रेडियोथेरापीले क्यान्सरजन्य कोषसँगै स्वस्थ कोष पनि मार्ने गर्छ ।तर नयाँ उपचार पद्दतिमा हरेक विरामीको ट्युमर परिक्षण गरिन्छ ट्युमर बाँच्न आवश्यक म्युटेशन कस्तो हो भन्ने पत्ता लगाइन्छ र म्युटेशन लक्षित औषधी प्रयो गरिन्छ जसले ट्युमरलाई समाप्त पारिदिन्छ । यद्यपि यो अवधारण नयाँ भने होइन । स्तन क्यान्सर भएका महिलाहरुले अहिले नै ट्युमरको जाँच गरेर मात्रै उपचार के दिने भन्ने निर्धारण गरिन्छ ।
 
अणुबंशमा भएको क्रान्तिका कारण वैज्ञानिकहरुले बिग्रेकाे डीएनएको तत्काल र सस्तोमा अनुसन्धान गर्न संभव बनाइएदिएको छ जसले नयाँ किसिमका विशेष औषधी प्रयोग गर्ने बाटोबारे बैज्ञानिकहरुमा ठूलो उत्तेजना फैलाएको छ ।
 
परोपकारी संस्था क्यान्सर रिर्सच युकेका प्रोफेशर पीटर जोनसनले भन्छन् - 'यो हाम्रो अवधारणाको नयाँ युग हो र यसले पन्ध्र बीस वर्षअगाडि कल्पना नै गर्न नसकिने किसिमको क्यान्सरको जानकारी र उपचारको संभावना दर्शाएको छ ।'