शनिबार, आश्विन १७ गते २०८३

सार्वजनिक यातायातको भाडादर घट्यो

जेठ २०, २०७९ शुक्रबार
सार्वजनिक यातायातको भाडादर घट्यो

 

पेट्रोल तथा डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घटेसँगै सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो। शुक्रबारदेखि नै लागु हुने गरी सरकारले विद्यमान भाडादरमा २.९ प्रतिशतसम्म भाडा घटाएको हो।

यो घटेको भाडा दर दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा सञ्चालित सार्वजनिक सवारीहरुमा लागु हुनेछ। संघीय यातायात व्यवस्था विभागले गरेको निर्णयकै आधारमा प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा समायोजन गर्नेछन्।

यात्रुवाहक सवारीको हकमा २० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २.६ प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.९ प्रतिशतले भाडा घटेको छ।

यसअघि जेठ १० गतेबाट लागु हुनेगरी यात्रुवाहक सार्वजनिक सवारी साधनमा ३ प्रतिशतसम्म भाडा बढेको थियो। सरकारले स्वचालित मूल्यमा सार्वजनिक सवारीको भाडा इन्धनको मूल्य घटबढ अनुसार मूल्य समायोजन हुने नीति कार्यन्वयन गरेपछि यसको असर तेलको मूल्यसंग संबन्धित हुन्छ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडादर समायोजन प्रणालीअनुसार अन्तरप्रदेशको भाडा समायोजन गर्ने गर्छ।