प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । त्यसका लागि नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ।
अंकित मूल्य प्रति कित्ता एक हजार रुपैयाँमा छिट्टै ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बैंकले निस्कासन गर्नेछ । ५ वर्ष अविधका लागि जारी हुने ‘प्राइम ऋणपत्र २०८४’ नामक ऋणपत्रमा १०।१५ प्रतिशत ब्याज पाइनेछ ।
बैंकले ऋणपत्र प्राइभेट प्लेसमेन्टबाट ३० लाख कित्ता बिक्री गर्ने छ भने सर्वसाधरणका लागि २० लाख कित्ता छुट्याएको छ। ऋणपत्रको विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।