नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था अनुसार हरेक वर्ष बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गरेको छ । सोही अनुरुप अनुसार राष्ट्र बैंकले आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीतिको लागि सरोकारवालासँग रायसुझाव मागेको हो ।
रायसुझाव दिन चाहने जोसुकैले राष्ट्र बैंकको अनुसन्धान विभागको इमेल ठेगानामा सुझाव पेश गर्न सकिने छ । विभागको इमेल monetarypolicy@nrb.org.np रहेको छ ।