स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा “हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ” योजना सार्वजनिक गरेकोे छ ।
योजना अन्तर्गत देश तथा विदेशबाट आइएमईमार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट/सब एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना अवधि भरी जम्मा २० जना विजेताहरुले स्मार्ट वाच र बम्परमा १ भाग्यशाली विजेताले सामसुङ एस२२ मोबाइल प्राप्त गर्न सक्नेछन् ।
योजनामा सहभागी हुने सेवाग्राहीहरु मध्ये कुल २१ जना विजेता लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ ।
योजना सार्वजनिक गर्दै आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईको २२ वर्षसम्मको व्यवसायिक यात्राको यो विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने आएको विश्वास व्यक्त गरे । योजना जेठ १५ जेठदेखि १५ असार २०७९ सम्म कायम रहनेछ ।