शनिबार, आश्विन १७ गते २०८३

बिमान दुर्घटनामा परेका सबै अकाल मृत्युकाे शिकार बने

जेठ १७, २०७९ मंगलबार
बिमान दुर्घटनामा परेका सबै अकाल मृत्युकाे शिकार बने

हिमाली क्षेत्रको दुर्दान्त  चट्टानी उचाइमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयर विमानको भग्नावशेषबाट  २१ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता छन्, तर अधिकारीहरूले उनी पनि जीबित फेला पार्ने आशा गरेका छैनन्।

उक्त विमान त्यस दिन पोखराबाट पदयात्राका लागि लोकप्रिय रमणीय पर्यटकीय गन्तव्य मानिने जोमसोम जाँदै थियो । यो  उडानको समय सामान्यतः  ३० मिनेटको हो तर विमान खराब मौसममा कारणले खसेकाे हुन सक्ने जानकारहरूले अनुमान गरेका छन् । सरकारले दुर्घटनाकाे छाबिन गर्न एक समिति बनाइसकेकाे छ ।

उद्धार कार्यको क्रममा दुर्घटनास्थलमा पठाइएका अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक नरेन्द्र शाहीले  ‘‘कोही पनि जीवित नभएको, विमान टुक्रा टुक्रा भएको र याे स्थिति  धेरै हृदयविदारक रहेको’’ जानकारी दिएका थिए ।

यो बिमानमा १३ नेपाली, भारतका चार हिन्दू तीर्थयात्री र दुई जर्मन पदयात्री तथा चालक दलका ३ सदस्य समेत गरी२२ जना सवार थिए।

जानकारहरू भन्दछन् - याे बिमान मार्ग नेपालमा सबैभन्दा जोखिमपूर्ण मध्ये एक मानिन्छ ।  विमानहरूले साँघुरा उपत्यकाहरूबाट उडान भर्नुपर्छ, जहाँ दृश्यता(देख्न सकिने प्रष्टता)  प्रायः चुनौतीपूर्ण हुन्छ ।  पाइलटहरूले प्रायः पुराना विमानहरू र खराब मौसमको सामना गर्नुपर्छ । याे निकै जाेखिमपूर्ण र कमजाेर सुरक्षा स्थिति हाे ।

chhanbin :To download file click here