शनिबार, आश्विन १७ गते २०८३

महानगरकाे कार्यपालिकाकाे पहिलाे बैठकमा प्रमुख एजेण्डा फोहोर 

जेठ १६, २०७९ सोमबार
महानगरकाे कार्यपालिकाकाे पहिलाे बैठकमा प्रमुख एजेण्डा फोहोर 

 

काठमाण्डौ महानगरपालिकाको नवनियुक्त मेयर, उपमेयर र वडाध्यक्षहरू सम्मिलित कार्यपालिकाको पहिलो बैठक फोहोरमा केन्द्रित भएको छ । बैठकको एजेण्डा प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले काठमाण्डौबासीले फोहोर गर्ने तर त्यसको नकारात्मक असर डम्पिङ साइट वरपरका बासिन्दाले भोग्नु परेको उल्लेख गरे । 

बैठकमा उपस्थित सदस्यहरूले महानगरको फोहोरमा बिचौलियाको चलखेल भएकोले त्यसलाइ अन्त्य गर्नुपर्ने धारणा राखे । केहि वडाका अध्यक्षले फोहोर उठाए वापत वडाबासीबाट शुल्क लिइनु गलत भएको भन्दै शुल्क लिने काम बन्द गरिनुपर्ने जनाए । काठमाण्डौको फोहोर अन्यत्र लगेर भन्दा पनि ३२ वटा वडाभित्रै व्यवस्थापन गर्नुपर्ने जनाएका थिए । 

मेयर शाहले फोहोर छुट्ट्याउने, महानगरभर सर्वसुलभ ट्वाइलेट नबनुञ्जेल होटल रेष्टुरेन्टहरूसँगको सहकार्यमा निशुल्क शौचालय प्रयोगमा ल्याउने, इन्फ्रास्ट्रक्चर एम्बुलेन्स सञ्चालनमा ल्याउने योजना सुनाएका थिए । 

विभिन्न श्रव्यदृष्य माध्यमबाट बैठककाे प्रत्यक्ष प्रशारण गरिएकाे छ ।