
सीताराम थापा
आज जनताको गणतन्त्र दिवस ?
अझ संघीय लोकतान्तिक गणतन्त्र
यत्र–तत्र सर्वत्र,
समाबेशी गणतन्त्रको मन्त्र।
छापिए होलान, बोले होलान आज
भुइ मान्छे र दुखियाहरुले पनि
सामाजिक संजाल छापाहरुमा गणतन्त्रको छापहरु
छापा र बिद्यूतीय संचारमा
गणतन्त्रको योगदानको बयानहरु
निम्छरा जनता बोलिरहेका होलान गणतन्त्र,
आहा ! जनताको गणतन्त्र आयो
सहिदको रगतका टाटाहरुबाट
हज्जारौ जनताको बलिदानबाट
राजाको एकलौटी शोषण तोडेर
जनमुखी, जन क्रान्ति, जन संघर्ष
जन यूद्व, जन आन्दोलन,!
जनताको त्यागको रक्त बिजबाट
जनताको गणतन्त्रमा संघीयता छ
घरघरमा सिंह ? दरबार छ,!
गरिब निम्छरा, सहिद, घाईतेकोको लागि भने के छ ?
उत्पीडित बर्ग, महिलाको समाबेशीता
जनताको प्रत्यक्ष शासन ब्यवस्था
तीन तहको सरकार सबै एकै पटक
झुल्के घाम भएर उदाएको गणतन्त्र ?
संघीय लोकतान्त्रिक गणतन्त्र
नेपाली मनको फुलबारीमा सजिएका,!
लाखौ जनहरु चाख्दै छन
गणतन्त्रले फेरेको जीवन,?
करोडौ जनता हेरिरहेछन संघीय
गणतन्त्रले दियको मौलिक हक,
संबिधानका अक्षरमा मात्र छन कि
गरीब जनले पाएका छन– अधिकार,
जहाँ निशुल्क उपचार, निशुल्क शिक्षा, स्वदेसमा रोजगार,!
जनता खोजिरहेका छन,
संघीयता समाबेशिता र अधिकार
शाषकहरुले पाए कि शाषितहरुले?
थापा अभियान्ता एवं लेखक हुन।