साउन १ गतेदेखि सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने भएकाे छ । आर्थिक वर्ष २०७९।८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धि गरेको जनाएका हुन्।
महँगी बढ्दै गएकाले तलब पनि बढाउनु पर्ने माग कर्मचारीहरुको थियाे । निकटमा रहेकाे संघीय र प्रदेशकाे चुनावलक्षित गरेर सरकारले तलबमा वृद्धि गर्ने प्रक्षेपण यस अघि नै गरिएकाे थियाे । विगतकै महँगी भत्ता तलबमा गाभ्ने वा सामान्य दरमा तलब वृद्धिकाे विकल्पमध्ये सरकारले १५ प्रतिशतले तलब वृद्धिकाे विकल्प छनाैट गरेकाे हाे ।