सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षदेखि सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने बताए । सामाजिक सुरक्षा भत्ता नलिने स्वघाेषणा गर्नेहरुलाई सरकारले सम्मान गर्ने अर्थमन्त्री शर्माले बताए ।
हालसम्म ७० वर्षमाथिको ज्येष्ठ नागरिकलाई मात्र यस्ताे सामाजिक सुरक्षाभत्ता दिइने गरेकाे छ । आगामी आर्थिक वर्षका लागि सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।