अमेरिकी उप बिदेशमन्त्रीले नेपालकाे एक चीन नीतिकाे बिपरीत अनाधिकृतरूपमा नेपालकाे तिब्बती शरणार्थी शिविर भ्रमण गरेर कूटनीतिक मर्यादाकाे ठडै उल्लंगन गरेकाे, जनताकाे खाशगरी किसानकाे नराम्ररी ढाड भाँचिने गरी पेट्राेलियम पदार्थहरूकाे मूल्य बृध्दि गरेकाे तथा देीनक जीवनका अति जरूरी खाद्य पदार्थकाे समेत अत्याधिक मूल्य बृध्र्दि गरिएकाे जाेडदार बिराेध गर्दै देशका जिम्मेवार ६ बामपन्थी किसान संगठनले संयुक्त बक्तब्य मार्फत बिराेध जनाएका छन् ।
संयुक्त बक्तब्य यस प्रकार छ :
१. हामी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल प्रगतिशील किसान संघ र अखिल नेपाल किसान युनियनसहितका ६ कम्युनिस्ट पार्टीहरूसँग आबद्ध किसान संगठनहरू देशभरका किसानहरू र आम जनताको दैनिक जीवनमा गम्भीर प्रभाव पार्ने गरी भएको पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्यबृद्धि तत्काल फिर्ता गर्न र जनतालाई राहत प्रदान गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ । कोरोना महामारीसँगै मुद्रास्फिति, चर्काे ब्याजदर, खाने तेल लगायतका खाद्य वस्तुको चरम मूल्यबृद्धि आदि समस्याले बहुसंख्यक किसान तथा आम जनसमुदायको दैनिकी चलाउनसमेत धौधौ पर्ने अवस्था आएकोप्रति हामी संवेदनशील हुदै सरकारलाई पेट्रोलियम पदार्थको कर समायोजन गरी मूल्यबृद्धि फिर्ता लिन र आम नागरिकको दैनिक जीवनयापन सहज बनाउन जोडदार माग गर्दछौँ ।
२. विगत लामो समयदेखि मलखाद र बिउबिजनको समस्या झेलिरहेका किसानहरूलाई तत्काल मलखाद र बिउबिजन उपलब्ध गराउन र यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी कार्यक्रम तर्जुमा गरी लागु गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ ।
३. बदलिएको विश्व परिस्थितिलाई मध्यनजर गर्दै नेपालबाट अत्यावश्यक खाद्यान्न र खाद्य पदार्थहरुको निर्यात तत्काल रोक्न र देशमा खाद्य संकटकोस्थिति आउन नदिन पूर्वतयारी गर्नका लागि हामी नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ ।
४. हामी नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता स्मरण गराउँदै अनुमति विना तथा कूटनीतिक मर्यादा विपरीत अमेरिकी विदेश सहायक मन्त्रीले गरेको तिब्बती शरणार्थी शिविर भ्रमणको जोडदार विरोध गर्दै यस्ता क्रियाकलापलाई रोक्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ ।
