पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।
तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।
१९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको काठमाडौंस्थित यति एयरलाइन्स प्रधान कार्यालयले पुष्टि गरेको छ। जहाजमा १३ नेपाली नागरिक, ४ भारतीय नागरिक र २ अन्य देशका नागरिकले यात्रा गरिरहेको तारा एयरले जनाएकाे छ । यात्रु बाहेक जहाजमा चालकदलका ३ सदस्य रहेका छन् ।
पोखराबाट जोमसोमको लागि उक्त जहाज उडेको बेला मौसम त्यति राम्रो नभएको एयरलाइन्सले जनाएको छ ।