शनिबार, आश्विन १७ गते २०८३

टेक्सासकाे एक स्कुलमा अन्धाधुन्द गाेली प्रहार, १८ बालबालिकासहित २१ जनाकाे मृत्यु

जेठ ११, २०७९ बुधबार
टेक्सासकाे एक स्कुलमा अन्धाधुन्द गाेली प्रहार, १८ बालबालिकासहित २१ जनाकाे मृत्यु

काठमाण्डौ। आज अमेरीकाको टेक्सास राज्यमा एक बन्दुक धारीले अन्धाधुन्ध किसिमले भीषण गोली चलाउदा १८ जना विद्यार्थी बालबालिका र अन्य ३ जना अभिभावक सहीत २१ जनाको मृत्यु भएको छ । प्रतिकार गर्दा गोली लागेर  गोली चलाउने यूवाको समेत मृत्यु भएको बताइएको छ ।
 
एक १८ बर्षका रोलान्ड गुटिरेज नामका ती युवकले विद्यालयमा जथाभावी गोली चलाएको बताईएको छ । स्कुलमा आम विद्यार्थीमाथि गोली चलाउनु अघि उनले आफ्नै हजुरआमालाई पनि गोली हानेको समाचारमा उल्लेख गरिएको छ ।
त्यो गोली काण्डमा परेर अन्य धेरैजना घाईते भएका छन् । ती अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको बताइएको छ ।
अमेरिकाको ‘बन्दूके सँस्कृति’ अर्थात् ‘गन कल्चर’ले गर्दा यसरी पटक पटक निर्दोष मानिसहरुको अकालमै ज्यान जाने गरेको छ । यो पहिलो घटना भने होइन ।

kisan mulyabridhi statement.pdf :To download file click here