सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति हवाई सेवा कम्पनीहरूलाई काठमाडौं बाहिरबाट समेत उडान गर्न प्रोत्साहित गरिने बताएकी छिन् ।
हवाई सेवाको विस्तार गरी सुरक्षित र गुणस्तरीय बनाइने भएको छ । आर्थिक वर्ष २०८०र८१ देखि निर्माणकार्य सुरु गर्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी तथा निर्माणको ढाँचा टुंगो लगाइने राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छिन् ।
निर्माण सम्पन्न भएका क्षेत्रीय विमास्थलहरू सञ्चालनमा ल्याउन आवश्यक प्रबन्ध मिलाउने, भएका विमानस्थलहरूमा सुविधाजनक टर्मिनल निर्माणकार्य सुरु गरिने भएको छ भने सुर्खेतको भेरीगंगा, रामघाटमा नयाँ प्रादेशिक विमानस्थल निर्माण गर्न सुरु गरिने उनले उल्लेख गरिन् ।