शनिबार, आश्विन १७ गते २०८३

राष्ट्र बैंकले दिने पुनर्कर्जा घट्यो 

जेठ ९, २०७९ सोमबार
राष्ट्र बैंकले दिने पुनर्कर्जा घट्यो 

 

नेपाल राष्ट्र बैंकले पुनर्कर्जालाई घटाउँदै लगेको छ । गत वर्षसम्म एक खर्ब ४८ अर्ब रुपैयाँसम्म पुगेको पुनर्कर्जा रकम वैशाख मसान्तमा आइपुग्दा एक खर्ब १४ अर्ब रुपैयाँमा झरेको हो । 

राष्ट्र बैंकका अनुसार, यसमध्ये ग्राहक मूल्यांकनको आधारमा कुल १६ अर्ब ५३ करोड रुपैयाँ पुनर्कर्जा दिएको छ।

यसबाहेक एकमुस्ट प्रदान गरिने पुनर्कर्जा ९२ अर्ब ४६ करोड र लघुवित्तलाई वितरण गरिने कर्जा ५ अर्ब ५ करोड रुपैयाँ छ।

राष्ट्र बैंकले ७७ वटै जिल्लामा पुनर्कर्जा दिएको छ। कुल २४ हजार २९२ जनाले यो ऋण पाएका छन्। ४४ वटा बैंक तथा वित्तीय संस्थाले २९६० वटा शाखाबाट पुनर्कर्जा वितरण गरेका छन्।

पुनर्कर्जामध्ये ५२.५ प्रतिशत पर्यटन क्षेत्र, १९.५ प्रतिशत जलविद्युत र १२.५ प्रतिशत उत्पादनमूलक क्षेत्रमा रहेको छ । कोभिड १९ को महामारी सामान्यतर्फ उन्मुख भएसँगै उद्योगव्यापार क्षेत्र सुचारु हुन थालेसँगै पुनर्कर्जा न्यून हुँदै गएको हो ।