शनिबार, आश्विन १७ गते २०८३

एनएमबि बैंकको वित्तीय साक्षरता माईती नेपालमा

जेठ ९, २०७९ सोमबार
एनएमबि बैंकको वित्तीय साक्षरता माईती नेपालमा

 

एनएमबि बैंकले माईती नेपालमा रहेका दिदिबहिनीबीच वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माईती नेपालका ५३ जना दिदिबहिनीहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त बिभाग द्वारा आयोजित उक्त कार्यक्रममा उपस्थितलाई उत्प्रेरणा दिंदै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

कार्यक्रममा माईती नेपालको तर्फबाट सस्थापक अनुराधा कोईराला, कार्यकारी सञ्चालक बिश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोईरालाको उपस्थिति रहेको थियो भने एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा। बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थिको उपस्थिती रहेको थियो ।

गतबर्ष महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानी गर्न एउटा अग्रणी बैक रहेको बैंकले नारी सशक्तिकरणको लागि बिभिन्न समयमा बिभिन्न महिला समूहरुलाई बित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । माईती नेपालका दिदिबहिनीहरुलाई गरिएको यस कार्यक्रमले उनिहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले बिश्वास लिएको छ । बैंक र माईती नेपाल दुबै संस्थाले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने भएका छन् ।