शनिबार, आश्विन १७ गते २०८३

महालक्ष्मी विकास बैंक २८औं वर्षमा

जेठ ८, २०७९ आइतबार
महालक्ष्मी विकास बैंक २८औं वर्षमा

 

महालक्ष्मी विकास बैंक २८ औं वर्षमा प्रवेश गरेको छ । त्यस अवसरमा जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउने जनाएको छ । बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले रक्तदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्मभएपनि पूराहोस् भन्ने अभिप्रायका साथ ३३ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम संचालन गरेको छ । यसका साथ साथै बैंकले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा वित्तिय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपूर, न्यूरोड गेट, महाकाल, रत्नपार्र्क, जमल हुँदै पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वार्षिकोत्सवका क्रममा ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिवद्धता समेत उनले जनाए । 

बैंकले १०३ शाखाहरुबाट करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।