शनिबार, आश्विन १७ गते २०८३

तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीले पाए मर्जरको निम्ति स्वीकृति

जेठ ३, २०७९ मंगलबार
तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीले पाए मर्जरको निम्ति स्वीकृति

बीमा समितिले समितिले मर्जरमा जान इच्छुक रहेका तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी गरी ५ कम्पनीलाई सैद्धान्तिक सहमति दिएको हो ।

जीवन बीमा तर्फ प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले सहमति पाएका छन् भने कम्पनी रहेका छन् भने निर्जीवन बीमा कम्पनीको तर्फ हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई बीमा समितिले आज सहमति प्रदान गरेको हो । 

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । तीनै कम्पनीले एक बराबर १ को अनुपातमा शेयर आदानप्रदान गरेको खण्डमा मर्जर भएपछि चुक्ता पूँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार हुनेछ र मर्जरपछि नेपाल लाइफपछिको दोस्रो ठुलो चुक्ता पूँजी भएको कम्पनी बन्नेछन् । यी तीन कम्पनीले असारमसान्त भित्रमा मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गर्ने गरी काम अगाडी बढाएका छन् ।