बुध्द जयन्तिमा कबिता बाचन
यस पटक २५६५ औँ बुद्ध जयन्तीको अवसर पारेर जरा फाउन्डेसन नेपालले बुढानिलकण्ठ स्थित छाहारी रिट्रिटमा अन्तराष्ट्रिय शान्ति कविता वाचन कार्यक्रम सम्पन्न गरेकाे छ ! नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्याय प्रमुख अतिथि तथा काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेल विशेष अतिथि रहनुभएको यस कार्यक्रममा नेपालका बिभिन्न कविहरूको उपस्थिति रहेको थियो ।

कबिता बाचनकाे यस कार्यक्रममा सर्वश्री विप्लव ढकाल, राजेन्द्र शलभ,विधान आचार्य,मातृका पोखरेल,शकुन्तला जोशी,ज्योति जङ्गल, उमेश अकिन्चन राई,भीष्म उप्रेती,रेनुका शोलू, रन्जना निरौला,ठाकुर बेलवासे,देवेन्द्र के सी,शान्तिमाया गिरी,सन्तोष पोखरेल लगायत हुनुहुन्थ्यो । त्यस्तै विदेशी कविहरू बिरल्याण्ड राज्यका राजा डा ईमिर हवाई र प्रधानमन्त्री तथा जरा फाउण्डेशनकी अन्तर्राष्ट्रिय उपाध्यक्ष प्रो डा ईडेन एस ट्रिनिड्याडले समेत शुभकामना तथा कविता वाचन गर्नुभएको थियो ।

याे कार्यक्रम जरा फाउण्डेशन नेपालका अध्यक्ष कृष्ण प्रसाईको सभापतित्वमा संचालन भएको र कार्यक्रमको संचालन जरा फाउन्डेसनका सल्लाहकार तथा कवि गीतकार देवेन्द्र के सीले गर्नुभएको थियो ! कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवज्यु र काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले जरा फाउन्डेसन नेपाल लगायत सम्पूर्ण श्रष्टाहरुमा बधाई ज्ञापन तथा शुभकामना ब्यक्त गर्नुभएको थियो।
साैजन्य - साहित्यकार सुश्री सिर्जना शर्मा