भक्तपुर । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा भारी मतान्तरले बिजय हासिल गरेको छ । नगर प्रमुख उमेद्वार नेमकिपका नेता सुनिल प्रजापतिले २९,२५२ मत पाएर बिजयी बने । यो उनका प्रतिस्पर्धी नेपाली काग्रेसका तर्फबाट नगर प्रमुखका उमेद्वार रामप्रसाद कासुलाकोभन्दा २५,८४५ बढी मत हो । कासुलाको ३,४०७ मत मात्र आएको थियो ।
यसैगरी उप प्रमुखमा रजनी जोशीले अझ बढी २९७५९ मत पाएर बिजयी बनेकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उप प्रमुखका उमेद्वार रञ्जना खर्बुजाकोभन्दा २६,७७१ मत बढी पाइन् । खर्बुजाले २९८८ मत मात्र पाएकी थिइन् ।
नेपाल मजदुर किसान पार्टीका भक्तपुर नगरपािलका दुबै उमेद्वार बिजयी बनेकाे घाेषणा गरेकाे थियाे । मत गणनाकाे शुरूदेखि नै दुबै उमेद्वार प्रतिस्पर्धीहरूभन्दा धेरै अगाडि रहेर निरन्तर अग्रता कायम राखेका थिए ।