शनिबार, आश्विन १७ गते २०८३

गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा पहिलोपटक व्यवसायिक जहाज अवतरण  

जेठ २, २०७९ सोमबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा पहिलोपटक व्यवसायिक जहाज अवतरण  

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। विमानस्थलको औपचारिक उद्घाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण गरेका छन् । यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगमको पहिलो जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् । यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।

निगमको न्यारोवडी जहाजले काठमाडौंबाट उडान गरेको हो भने जजिराको जहाज दोहाबाट कुबेत ट्रान्जिट गरेर गौतमबुद्ध एयरपोर्टमा अवतरण गरेको हो ।

यद्यपि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जेठ २९ गतेदेखि मात्र नियमित उडान शुरु गर्ने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।