शनिबार, आश्विन १७ गते २०८३

भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापति र रजनी जोशी भारी मतको फरकले बिजयी हुने 

जेठ १, २०७९ आइतबार
भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापति र रजनी जोशी भारी मतको फरकले बिजयी हुने 


भक्तपुर । स्थानीय निर्बाचनको मत गणना ढिलोगरी भइरहेको छ । यस क्रममा भक्तपुर नगरिपालिकामा सदा झै चुनावमा पनि नेपाल मजदुर किसान पार्टीले आफ्नो बिजयको झण्डा फेरि पनि  फहराउने प्रष्ट देखिएको छ ।

गणनाको शुरुदेखिनै मादल चिन्हका बाहक नेमकिपाका नेता सुनिल प्रजापति र रजनी जोशीले नगर प्रमुख र उप प्रमुखमा भारी मतले अग्रता लिएबाट मादल चिन्ह यो नगरमा फेरि पनि बिजय बन्ने कुरा निश्चित देखिएको छ ।


मत गणना जारी रहिररहँदा आज अपराह्न ४ बजेसम्म सुनिल प्रजापतिले ९५६६ र रजनी जोशीले ९७३८ मत पाइसकेका छन् । यो नगरपालिकामा पहिलादेखि नै नेमकिपको बर्चश्व रहँदै आएको छ ।