इलाम । इलाम नगरपािलका वडा नं. मा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जन्मगाउँ साँखाेजुङमा खनालकै दलका उम्मेदवार चाहिँ गठबन्धनमा पराजित भएका छन्।
यस गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्षसहित ३ सदस्य जित्दा नेकपा (एस)का वडा सदस्यका उम्मेदवारलाई भने नेकपा (एमाले)का उम्मेदवारबाट पराजित भएका छन्। यो वडामा गठबन्धनबाट कांग्रेस उम्मेदवार गायत्रीराम बस्नेत विजय भएका छन्। उनले २०७४ सालको स्थानीय निर्वाचनमा विजयी बनेका उम्मेदवार एमालेका वडाध्यक्ष अम्बिकाप्रसाद गौतमलाई पराजित गरे।

निर्बाचनमा बस्नेतले १ हजार ८१ मत ल्याए भने प्रतिस्पर्धी गौतमले १ हजार २२ मत ल्याए। यो वडामा महिला वडासदस्यमा कांग्रेसकै मनकुमारी गुरुङ, महिला वडा सदस्य डायना राई र दलित महिला सदस्यमा मुनादेवी रसाइली विजयी भए। गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका वडा सदस्यका उम्मेदवार इन्द्रबहादुर कटवाल भने पराजित भएका छन्। उनलाई एमालेका खड्गबहादुर गुरुङले पराजित गरे । गठबन्धन(एस) वडामा शून्य बन्न पुग्याे ।