शनिबार, आश्विन १७ गते २०८३

बागलुङ स्थानीय चुनाब एक बिष्लेषणात्मक खबर ! 

बैशाख ३१, २०७९ शनिबार
बागलुङ स्थानीय चुनाब एक बिष्लेषणात्मक खबर ! 

thapa.jpg

सीताराम थापा

गण्डकी प्रदेसकाे बागलुङ जिल्लामा स्थानीय चुनाब शान्तिपूर्वक १० वटै नगर तथा गाउपालिकाहरुमा सम्पन्न भएकाे छ।
 चुनाबका दिन केही स्थानमा सामान्य बिबाद र झगडाले मतदानमा असर परेपनि पुनः सुचारु भएपछि शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए ।
चुनाब भन्दा दुई दिन गल्काेट, बानपा लगायतकाे ठाउमा सामान्य झडप र बिबाद भएकाे थियाे। अहीले सबै ठाउमा मतपेटिका ल्याउने क्रम जारी रहेकाे श्राेतहरु बताउछन्।

baglung.jpg

स्थानीय चुनाबमा पाच गठबन्धन दल, एमाले र राप्रपा बिच भिडन्त भएकाे छ। कतिपय स्थानमा गठबन्धनकाे बागी उमेद्ववार रहेका छन्।
पाच दलिय गठबन्धनकाे कारण धेरै जसाे ठाउँ जित्न सक्ने स्वभाबिक भएकाे स्थानिय नागरिक समाजका अगुवा बताउछन।
बागलुङ जिल्लामा जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालका अनुसार जिल्लाभरी करिब ६५ प्रतिशत मतदान भएको छ ।
मतदानमा १ सय २ बर्षिय मनकुमारी पाध्याले मालिका माबि मतदान केन्द्रमा मतदान गरिन् ।
धेरै ठाउमा जेष्ठ नागरिकले मतदान गरेका छन्। सबै निर्वाचन केन्द्रमा हेर्दा अधिकांश महिला मतदाता रहेकाे देखिन्छ, पुरुष मतदाता धेरै भएकाे राष्टिय आकलन भएपनि मत हाल्ने महिला सहभागिता उतसाहित थिए !
जिल्लाकाे दक्षीण भेग जैमिनि नगरपालिकामा ६४.१३ प्रतिशत मत खसेकाे सर्वेक्षणले बताउछ। गठबन्धनले जित्छ भन्ने चिन्तन, टाढाकाे ब मानिस नआउनु, बसाई सराई गएका नआउनु, बिदेस   पलाएन लगायतकाे हिसाबले धेरै मत ग्याप रहेकाे विश्लेषण गर्न सकिन्छ। 

जिल्लाका नेता चित्र बहादुर केसि बाहेक  सबै राष्ट्रिय नेता मन्त्री र सांसदले मतदान गरे।
जैमिनि नगरपालिकाकाे १० वटा वार्डमा खसेकाे मत परिणाम अनुसार 
निम्न अनुसार मत खसेकाे निर्वाचन अधिकारीहरु तथा राजनितिक दल बाट थाहा भएकाे छ।
बागलुङ जिल्लाकाे १० वटा पालिकामा मदरतदान यश प्रकार छ।

बागलुङका १ सय ३ स्थलको २ सय ३० मतदान केन्द्रमा १ लाख ९५ हजार मतदाता थिए । सबैभन्दा धेरै मतदाता भएको बागलुङ नगरपालिकामा २४ हजा ८ सय बढी मत खसेको छ । यो कुल मतदाताको ६२ प्रतिशत मात्रै हो । जैमिनी नगरपालिकामा १३ हजार ६ सय ३५, गलकोट नगरपालिकमा १४ हजार ४ सय ७१ र ढोरपाटन नगरपालिकामा १७ हजार ६ सय ३० मत खसेको हो ।
निसीखोला गाउँपालिकामा ९ हजार ९ सय २६ र तमानखोलामा ५ हजार ५ सय २५ मत खसेको सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले जानकारी दिए । ताराखोलामा ६ हजार ४ सय २४, बरेङमा ६ हजार २ सय ५३, काठेखोलामा १४ हजार ७ सय र बडिगाड गाउँपालिकामा ६७ प्रतिशत मत खसेको छ ।