शनिबार, आश्विन १७ गते २०८३

छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, दिउँसो १२ बजेसम्म ३५ प्रतिशत मतदानः आयोग

बैशाख ३०, २०७९ शुक्रबार
छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, दिउँसो १२ बजेसम्म ३५ प्रतिशत मतदानः आयोग

 

निर्वाचन आयोगले छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाएको छ । 

स्थानीय निकाय निर्वाचन २०७९ का लागि आज देशैभर ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको र केहि मतदान केन्द्रमा छिटपुट झडप भएको भएतापनि मतदान उत्साहपूर्ण रुपमा भइरहेको आयोगले जनाएको छ । 

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केहि मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सुचारु गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

chunav.jpg