शनिबार, आश्विन १७ गते २०८३

स्याङ्जामा जीप दुर्घटना हुँदा १३ जनाको निधन

बैशाख ३०, २०७९ शुक्रबार
स्याङ्जामा जीप दुर्घटना हुँदा १३ जनाको निधन

 

स्याङ्जामा जीप दुर्घटना हुँदा १३ जनाको निधन भएको छ । वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप दुर्घटना भएको हो । 

मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । घाइते भएका ११ जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको जनाइएको छ । 

वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाको नेतृत्वको प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए । निर्वाचनको दिन भएकाले प्रहरी जनशक्ति कम हुँदा उद्धारमा कठिनाइ भएको थियो ।

जीप बाटोबाट करिब १ सय ५० मिटर तल खसेको थियो । कच्ची बाटोमा क्षमताभन्दा धेरै जना चढेको र बाटोबाट धेरै तल खसेकाले धेरै क्षति भएको हुनसक्ने स्थानीयले जनाएको छ ।