बुधबार, भाद्र ३ गते २०८३

महालक्ष्मी लाईफले ९० करोड बराबरको साधारण शेयर निष्काशन गर्ने 

बैशाख २६, २०७९ सोमबार
महालक्ष्मी लाईफले ९० करोड बराबरको साधारण शेयर निष्काशन गर्ने 

 

महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारण सभाले सर्वसाधारणलाई ९० करोड बराबरको सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

कम्पनीको अधिकृत पूँजी र जारी पूँजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी पूँजी वृद्धि गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी सभाले निर्णय गरेको हो ।

सभापछि बसेको संचालक समितिको बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तीन सदस्यीय मर्जर कमिटी गठन गरेको छ ।