काठमाण्डौ । एउटा टाउको दुःखाई बनिरहेको नसड्ने तर फोहोरमा मिसिएर दुगन्र्ध फैलाउने प्लास्टिकको समस्या अब बिकसित गरिएको इञ्जाइबाट हल हुने भएको छ । फोहर मिल्काउने ठाउँमा थुपारिने प्लास्टिकका फोहरलाई केही घण्टामै नष्ट गरिने एक किसिमको इन्जाइम इञ्जिनीयहरुले बनाएका छन् । त्यसले प्लास्टिकलाई केही समयमै नष्ट गर्ने बताइएको छ अहिलेसम्म प्लास्टिकको फोहरको व्यवस्थापन गर्ने समस्या रहेको र बढ्दै गएको थियो ।
यो प्लास्टिक फोहर मिल्काउने ठाउँमा होस वा पानीका स्रोतहरूमा रहेको होस जहाँ पनि आफै नष्ट नहुने भएकाले करौडौँ टन प्लास्टिक बर्सेनी विश्वमा थुप्रिने समस्या बढ्दै आएको थियो । तर अब यो समस्या हल हुने भएको छ ।

टेक्सास बिश्वबिद्यालयका अनुसन्धानकर्ताहरूले यस सम्बन्धमा एक नयाँ प्रकारको इञ्जाइम विकास गरेका हुन् । ‘पोलिथिलिन टेरेफाथालेट’ नाम गरेको प्लास्टिकलाई ध्यान दिएर यसको विकास गरिएको बताइएको छ । यो प्लास्टिकको प्रयोग अधिकांश उपभोक्ताहरूद्वारा गरिँदै आएको छ । बोतल, प्याकेज र अन्य टेक्सटाइलबाट निस्केका यी प्लास्टिकका सामग्रीको प्रयोग अधिकांश उपभोक्ताहरूद्वारा हुँदैआएको हो ।
यो नब बिकसित इञ्जाइमको प्रयोगबाट यस्ता आफै नष्ट नहुने प्लास्टिकहरूलाई टुक्रा टुक्रा पारिन्छ । यो कार्य चौबिस घण्टा नहुँदै हुन सक्ने देखिएको जनाइएको छ ।
यस सम्बन्धि अनुसन्धानकर्ताहरूका अनुसार प्लास्टिकलाई ल्याण्डफिल साइटमा कुनै पनि मौसममा नष्ट गर्न सकिने छ । यो इन्जाइमको प्रयोगबाट यसका टुक्राहरूको प्रयोगबाट फेरि प्रयोग गर्ने गरी सुविधा प्राप्त हुनेछ ।
यसको सफल प्रयोगले वातावरणलाई हुने क्षति कम गर्न सकिने छ । ‘पोलिथिलिन टेरेफाथालेट’ प्लास्टिकको फोहरको हिस्सा वैश्विक फोहरको १२ प्रतिशत रहेको छ । नयाँ इञ्जाइम बिकास सम्वन्धि यो अध्ययन नेचर जर्नलमा प्रकाशित छ ।