शनिबार, आश्विन १७ गते २०८३

वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको अपिल

बैशाख २३, २०७९ शुक्रबार
वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको अपिल

 

देशकाे वर्तमान राजनीतिक अवस्थाकाे विश्लेषण गरी नेपाल कम्युनिष्ट पार्टीले त्यसकाे सारांशमा एक अपिल प्रकाशित गरेकाे छ । अपिलमा कम्युनिष्टको खोल ओढेर कमरेड पुष्पलालको सही नीति, सिद्धान्त र कार्यक्रमलाई बिरोध गर्ने, एमसीसी सम्झौता गर्ने, महाकाली सन्धि गर्ने र कम्युनिष्ट आन्दोलनलाई साम्राज्यबादको पाउमा बिसर्जन गर्ने तत्वहरुको नेपाल कम्युनिष्ट पार्टीले घोर भण्डाफोर गर्दछ भनिएकाे छ । अनि नेपाली जनतालाई सामन्तबाद, साम्राज्यबाद र भारतीय एकाधिकार पूँजीवादको शोषण र दोहनबाट मुक्त हुन सचेत, संगठित, एकताबद्ध  र अझ बढी संघर्षशील बन्न  जोडदार अपिल गर्दछ । अपिलकाे पूर्ण ब्यहाेरा यस प्रकार छ:

आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरु !


नव वर्ष २०७९ को मंगलमय शुभकामनाकासाथ क्रान्तिकारी अभिवादन !


देशमा पटकपटक राजनीतिक परिवर्तन भए । पछिल्लो पटक देश गणतन्त्रात्मक लोकतन्त्रमा पदार्पण ग¥यो । तर व्यवस्था परिवर्तन पछि पनि त्यस अनुरुपका मूल्यमान्यता अपनाइएन । नेपाली जनताको जीवनमा ठोस सकारात्मक सुधार र परिवर्तनको संकेतसम्म पनि देखापरेन । २०४६ साल र खासगरी २०६२÷६३ सालको आन्दोलन पछि सत्ताकै वरिपरि हालिमुहाली गरेका दलहरु – नेपाली काँग्रेस, एमाले, माओवादी र मधेशवादी दलहरु – कसैले पनि विद्यमान पूँजीवादी संसदीय व्यवस्थाका न्यूनतम मूल्यमान्यताको सम्मपनि मर्यादा राखेको देखिएन । त्यसको विपरीत सत्ता र कुर्सीको संकीर्ण खेल खेल्न र जस्तोसुकै जनविरोधी तथा राष्ट्रघाती गतिविधि गर्न पनि उनीहरु पछि परेनन् । घोर अवसरवादी र सन्दिग्ध चरित्र प्रदर्शन गर्दै ती दलले जनघात र राष्ट्रघातका विसंगतिपूर्ण गतिविधिहरु दोहोराइरहे । यसरी सत्तालिप्त भएर व्यापक भ्रष्टाचार, कमिशनखोरी, कालोबजारी, चर्को मूल्यबृद्धि जस्ता अनेक विकृतिहरुको बोझ नेपाली जनतामाथि थोपर्ने र जनजीवन झनै कष्टकर तुल्याउने काम मात्रै हुँदै आए । जनताको जनजीविका, जनतान्त्रिक अधिकार, नागरिक स्वतन्त्रता तथा राष्ट्रियता एवं राष्ट्रिय स्वाधीनता सुरक्षित र सुदृढ हुनुको साटो झन्झन् गम्भीर रुपमा असुरक्षित बन्दै गएको आज सबैका सामु छर्लङ्ग छ । 
 
नेपाल कम्युनिष्ट पार्टी आफ्नो जन्म काल १५ सेप्टेम्बर १९४९ देखिनै हाम्रो जस्तो परनिर्भर सामन्ती अर्धसामन्ती अवस्थामा रहेको देशमा पूँजीवादी संसदीय व्यवस्थाले नेपाली जनता र राष्ट्रको हित कदापि गर्न सक्दैन भन्ने विषयमा प्रष्ट रहँदै आएको हो । विकल्पमा नयाँ जनवादी गणतन्त्रको स्थापना र विकास गर्दै वैज्ञानिक समाजवादमा पदार्पण गर्ने र अन्ततः उच्च मानवीय मुल्यसहितको सुसँस्कृत एवं सभ्य समाज–साम्यवादमा पुग्ने स्पष्ट लक्ष र मान्यता राख्दै त्यसैको निमित्त संघर्ष गर्दै आएको पार्टी हो । तथापि सामन्ती निरंकूशताका विरुद्ध आंशिकरुपमा संसदीय पूँजीवादी ब्यवस्था प्रगतिशील हुने भएकाले निरन्तर लोकतान्त्रिक संघर्षमा सामेल हुँदै आएको पनि जग जाहेर नै छ ।

Parcha Appeal Letterhead.pdf

तर यो आंशिक सुधार मात्र गर्न सक्ने पूँजीवादी संसदीय व्यवस्था पनि आज पुरै सामन्ती दलाल नोकरशाही पूँजीवादी शक्तिको कब्जामा परेको छ । आज व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका एकपछि अर्को असफल गतिविधि र नतीजाले यो व्यवस्था आम जनता र राष्ट्रको हितमा चल्न नसक्ने रहेछ भन्ने तथ्य पुनर्पुष्टी भइसकेको र अझै भइरहेको छ । पूँजीवादी सीमा र सामथ्र्यभित्र यसले गर्न सक्ने र गर्नुपर्ने न्यूनतम कार्यभार पनि यसले गर्न सक्दैन भन्ने यथार्थ बारम्बार दोहोरिइरहेको छ । यसर्थ, यसले राष्ट्रियताको संरक्षण र सम्वद्र्धन, स्वाधीनताको रक्षा तथा नागरिक स्वतन्त्रता र जनजीविकाको समस्या हल गर्न सक्दैन । देशका मजदुर, किसान, राष्ट्रिय पूँजीपति वर्ग तथा दलित, महिला, यूवा, विद्यार्थी, आदिवासी, जनजाति, मधेशी, अल्पसंख्यक, सीमान्तिकृत र लोपोन्मुख जनसमुदायको उत्थान र प्रगतिको जनमुखी र ठोस मार्गचित्र यसले दिन सक्दैन । फलतः देशमा राजनीतिक स्थिरता र सामाजिक स्थायित्वको सुनिश्चितता पनि हुन सक्दैन । यसको निम्ति आमूल र अग्रगामी परिवर्तनका सम्वाहक निष्ठावान शक्तिको हस्तक्षेपकारी संघर्षशील भूमिका आजको राष्ट्रिय आवश्यकता बन्न गएको छ । 

यस्तो अवस्थामा राष्ट्र र जनताको हित सम्बद्र्धन र सुदृढीकरण गर्ने प्रष्ट मार्गचित्र सहितको त्यस्तो वैकल्पिक शक्ति निर्माण आजको पहिलो कार्यभार हुन आएको छ । त्यसमा पनि दलीय व्यवस्थाको मर्म र भावना विपरीत विभेदपूर्ण निर्वाचन कानुन, संसदमा रहेका कथित राष्ट्रिय दल बाहेक अरुलाई दलीय चुनाव चिन्ह समेत नदिने कानुन, अत्यन्तै खर्चिलो र जनविरोधी चुनाव पद्धतिका कारण मुठ्ठीभर भ्रष्ट, कमिशनखोर, तस्कर, कालाबजारिया र तिनका मतियारलाई शासनको बागडोर सुम्पन अनेक लोभ, प्रलोभन, फोस्रा आश्वासन, धाकधम्की, डरत्रास देखाएर चुनावी नाटक गर्ने तारतम्यले गर्दा यो चुनावले समस्या समाधान गर्न मद्दत गर्ने नभई जनता र राष्ट्रमाथिको थप बोझ थोपर्ने समस्या बल्झाउने काम मात्र गर्ने प्रष्ट छ । 

देशको यस गम्भीर परिप्रेक्ष्यमा बुर्जुवा व्यवस्थामा चुनावलाई वैधानिक संघर्षको थलोको रुपमा हेर्ने लेनिनवादी नीतिको अनुपालना गर्ने हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले पार्टीको बहुमतको निर्णयका आधारमा निवेदन दिँदा समेत पार्टी दर्ता नदिएको र स्वतन्त्र रुपमा चुनावमा खडा हुनुपर्ने निर्दलीय स्थितिमा पार्टीलाई धकेल्ने काम गरेको हुँदा नेपाल कम्युनिष्ट पार्टी यस्तो अवाञ्छित र अस्वीकार्य क्रियाकलापसँग असमति जनाउँदै  दलगतरुपमा चुनावमा सहभागी हुन व्यवधान खडा गर्ने सरकारी कानुन, निर्वाचन आयोगका यस्ता गतिविधिहरुसँग घोर आपत्ति जनाउँदै यस्ता गतिविधिको तीब्र निन्दा एवं भत्र्सना गर्दछ । यिनै विषयहरु लिएर जनताका बीचमा जाने र पार्टीको धारणालाई जनअनुमोदन गराउने निष्कर्श पार्टीले निकालेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव तथा नेपाली कम्युनिष्ट आन्दोलनका मार्गदर्शक कमरेड पुष्पलालको मार्गदर्शन आत्मसात गरेको हाम्रो गौरवशाली पार्टी हो । त्यसैले, कम्युनिष्ट भएको ढोंग गरेर कामरेड पुष्पलालको नीति, सिद्धान्त र कार्यक्रमको विरोध गर्ने, महाकाली सन्धि गर्ने, एमसीसी सम्झौता गर्ने, कम्युनिष्ट आन्दोलनलाई साम्राज्यवादको पाउमा बिसर्जन गर्ने तत्वहरुको पनि भण्डाफोर गर्दै नेपाली जनतालाई सामन्तवाद, साम्राज्यवाद र भारतीय एकाधिकार पूँजीवादको शोषण र दोहनबाट मुक्त हुन सचेत, संगठित, एकतावद्ध  र संघर्षशील हुन नेपाल कम्युनिष्ट पार्टी जोडदार अपील गर्दछ । 

नेपाल कम्युनिष्ट पार्टी जिन्दाबाद

नयाँ जनबादी क्रान्ति जिन्दाबाद

सामन्तबाद साम्राज्यबाद मूर्दाबाद

सामन्ती दलाल संसदीय ब्यवस्थाको मण्डाफोर गरौ

कमरेड पुष्पलाल अमर रहुन्

सम्पूर्ण शोषित पीडित जन समुदाय एकजुट होऔं

२०७९ बैशाख

Parcha Appeal Letterhead.pdf :To download file click here