शनिबार, आश्विन १७ गते २०८३

भूकम्प सम्वन्धि सात बर्ष अघि गरिएकाे महत्वपूर्ण अन्तरक्रिया

बैशाख २०, २०७९ मंगलबार
भूकम्प सम्वन्धि  सात बर्ष अघि गरिएकाे महत्वपूर्ण अन्तरक्रिया

आजभन्दा ७ बर्ष अघि २०७२ बैशाख १२ गते आएको  प्रलयकारी भूकम्पपछि ‘बिपद ब्ययवस्थापनमा सरकारले चाल्नुपर्ने कदमहरु’ बिषयमा भूकम्पबिद्, बिपद जोखिम न्यूनिकरण बिशेषज्ञ, भूगर्भबिद् तथा स्वास्थ्यबिदहरुसँगको बैशाख २० गते महत्वपूर्ण  अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । त्यसको प्रमुख अथिति बक्ता भूगर्भ इञ्जिनियर तथा पहिरोबिद् डा. रञ्जनकुमार दाहाल लगायत अन्य भूगर्भशास्त्री तथा बिपद ब्यबस्थापनका ज्ञाता इञ्जिनीयहरु र स्वास्थ्य बिज्ञहरु पनि अतिथि बक्ताकोरुपमा उपस्थित हुनुहुन्थ्यो ।

dharahara.jpg


भूकम्पको सन्त्रासले जनमानसलाई नराम्रोसँग पिरोलिइरहेको बेला भूकम्पले तहसनहस पारेको स्थिति, चर्केर लड्न लागेका घर र सार्बजनिक भवनहरु, सामान्य रुपमा चिरा परेका घरहरु तथा अहिलेको स्थितिमा लिनुपर्ने साबधानी र जोगिन गरिनुपर्ने उपायहरु, भवनहरु बनाउदा अपनाउनु पर्ने बिधि र पालन गर्नु पर्ने भबन संहीता तथा आगामी दिनमा आवास निर्माणका अझ राम्रा बिधि र उपायहरु के हुन सक्छन् भन्ने महत्वपूर्ण कुराहरु डा. दाहाल लगायतका बिज्ञहरुले बताउनु भएको थियो । त्यतिबेला रेट्रोफिटिङ्ग गरेर चर्केका घरहरुमा बस्न सकिने अन्य स्थाई अस्थाई बिधिहरु बताउनका साथै सरकारले तत्काल उध्दार, राहत र अस्थाई उपायहरु के के गर्नु पर्दछ, जनताको शारिरीक र मानसिक स्वास्थ्यलाई कसरी ठीक गर्नु पर्दछ भन्ने कुराहरु समेतकाे महत्वपूर्ण जानकारी गराइएको थियो । 

bhukampa1.jpg
याे सामयिक र महत्वपूर्ण कार्यक्रमकाे सञ्चालन नेपाल कम्युनिष्ट पार्टीका सह-अध्यक्ष तथा नेपालपत्रका प्रधान सम्पादक लाेकनारायण सुबेदीले गर्नु भएकाे थियाे भने अध्यक्षता पार्टी महासचिव शरणबिक्रम मल्लले गर्नुभएकाे थियाे । नेपाल कम्युनिष्ट पार्टी, नेपालपत्र र नबज्योति एफएमको संयुक्त तत्वाबधानमा याे कार्यक्रम  सम्पन्न गरिएको थियो । मिडिया इण्टरनेशनलमा आयोजित त्यो कार्यक्रममा श्रोताहरुले बक्ता बिज्ञहरुसँग बिभिन्न जिज्ञाषा राखेर भूकम्प बिपदबाट बच्ने र बचाउने उपाय सिक्ने अवसर पाएका थिए । 

damage.jfif