काठमाण्डौ । बिश्वमा मजदुर बर्गको महान अन्तर्राष्ट्रिय चाड मई दिवसको ठूलो महत्व छ । यसका पछाडि बर्गीय शोषण र सामाजिक उत्पीडनका बिरुद्ध मजदुर बर्गले खेलेको क्रान्तिकारी तथा संघर्षशील भूमिका र त्यसको इतिहासको प्रेरणादायी एबं ऊर्जाशील कथा लुकेको छ । १३६औं अन्तर्राष्ट्रिय मई दिवसको उपलक्षमा नेपाल कम्युनिष्ट पार्टी बागमति प्रदेशको आयोजनमा सम्पन्न मई दिवस कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले उक्त इतिहासको उल्लेख गर्नु भयो । उहाले नेपालमा मजदुर बर्गको सुसंगठितल राजनीतिको कमरेड पुष्पलालले १५ सेप्टेम्बर १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेर आरम्भ गरेको स्मरण गर्दै अगाडि भन्नु भयो – क. पुष्पलालले औंल्याउनु भएको नेपालका तीनवटा मूख्य समस्या देशको प्रतिकृयावादी राज्य सत्ता, बिश्व साम्राज्यबाद र भारतीय एकाधिकार पूँजीवादसँगका नेपाली जनता र राष्ट्रका अन्तरबिरोधहरु हल नभइ र बैज्ञानिक समाजबादमा जाने संक्रमणकालीन ब्यवस्था स्थापना गर्ने नयाँ जनबादी क्रान्ति सम्पन्न नगरीकन हुँदैन र त्यसका लागि मजदुर बर्गले निभाउनु पर्ने दायित्व र सम्पन्न गर्नु पर्ने कार्यभार पूरा हुँदैन भन्ने कुरा स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रममा उपस्थिति सबैलाई स्वागत अभिबादन गर्दै र बोल्दै पार्टीका कोषाध्यक्ष तथा अखिल नेपाल महिला यूनियनका अध्यक्ष सीता सुबेदीले जबसम्म मजदुर बर्गको हकहित र प्रगति हुने राज्य सत्ता र राज्य ब्यवस्थाको स्थापना हुँदैन तबसम्म यो गरीखाने बर्गको मुक्ति हुन सक्तैन भन्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा काठमाण्डौ जिल्लाका अध्यक्ष नरेन्द्रबहादुर तण्डुकारले उत्पादन कार्यमा लाग्ने मजदुर बर्गको हक हित आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने मूलबाटोमा अग्रसर भएर मात्र गर्न सकिन्छ भन्ने कुरामा कम्युनिष्ट आन्दोलनको ध्यान केन्द्रित हुनुपर्नैमा बिशेष जोड दिनु भयो ।
कार्यक्रमको सभापतिको आसनबाट बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिवालयका सदस्य तथा बागमति प्रदेशका इञ्चार्ज डा. महेन्द्र जोशीले मजदुर बर्गको संघर्ष भनेकै मजदुर बर्गका राज्य सत्ता स्थापानका लागि हो र त्यसका लागि नयाँ जनबादी क्रान्ति सम्पन्न गरी समाजबादमा जान पर्दछ र कृषि क्रानिको बाटो भएर राष्ट्रिय पूँजीको निर्माण र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै अघि बढ्नु पर्दछ भन्नु भयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका कानुनी सल्लाहाकार तथा न्याय कानुन बिभागका संयोजक डा. डीपी पौडेलले मजदुर बर्गको बिश्व आन्दोनलको शुरुवातका चर्चा गर्दै यो आन्दोलनकाे उदेश्य मजदुर बर्गकाे राज्य स्थापना गर्नु हो भन्ने कुरामा प्रकाश पार्नु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य प्रबीण जोशीले सञ्चालन गर्नु भएको कार्यक्रमका आरम्भमा कम्युनिष्ट तथा लोकतान्त्रिक आँन्दोनलमा शहादत प्राप्त गर्ने बीर शहीदहरुको उच्च सम्मानमा एक मिनेट मौन धारण गर्नुका साथै कमरेड पुष्पलालको तस्वीर अगाडि खडा भइ उहालाई उपस्थित सबैले लाल अभिवादनको हात उठाएर सम्मान प्रकट गर्नु भएको थियो ।
कार्यक्रममा पार्टीका बिभिन्न तहका सदस्य गण तथा जन बर्गीय संगठनका प्रतिनिधिहरु- बिद्यार्थी तथा महिला एबं मजदुर कमरेडहरुको उपस्थिति रहेको थियो ।