शनिबार, आश्विन १७ गते २०८३

कमरेड पुष्पलालले निर्मम कुटाइ खाएकाे दिन आज 

बैशाख १७, २०७९ शनिबार
कमरेड पुष्पलालले निर्मम कुटाइ खाएकाे दिन आज 
 
बैशाख १७ गतेका दिन पहिलाे पटक निर्मम दमनमा परेका थिए क. पुष्पलाल राणा शासन बिरोधी यूवा आन्दोलनकाकरी हुँदा। यो कुरा पचहत्तर बर्ष पहिला अर्थात २००४ साल बैशाख १७ को हो । त्यति बेला देशमा निरंकूश जहाँनिया राणा शासन चलिरहेको थियो ।
 
त्यस दिन क्रूर राणा शासनका बिरुध्द त्रिचन्द्र कलेज सरस्वति सदन र त्यस वरिपरी पर्चा छर्दा र संक्षिप्त भाषण गर्दा कमरेड पुष्पलालले नर समशेर नेतृत्वको राणा पुलिसद्वारा ह्वालह्वाल्ती रगत छाद्ने गरी निर्मम कुटाई खाएको र पक्राउ परी मोहन समशेर बस्ने लक्ष्मी निबासमा लगेको दिन थियाे ।
 
साथमा सहाना लगायतका अन्य आन्दोलनकारीहरु पनि थिए । क.पष्पलाल र सहानाको पहिलो भेट नै यसरी भएको थियो ।यसरी कम्युनिष्ट बन्नु पहिलादेखि नै निरंकुश राणा शासनका बिरुद्ध लडिरहेका थिए अमर शहीद गंगालालका सहोदर भाइ कमरेड पुष्पलाल ! शतत नमन छ उनलाई !