शनिबार, आश्विन १७ गते २०८३

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने विभागको प्रक्षेपण

बैशाख १५, २०७९ बिहीबार
आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने  विभागको प्रक्षेपण

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत कायम रहने भएको छ ।  केन्द्रीय तथ्यांक विभागले गरेको प्रक्षेपण अनुसार यस आबको आर्थिक बृद्धिदर ५.८४ हुने भएको हो  । विभागले  पत्रकार सम्मेलनमार्फत यस्तो अनुमान सार्वजनिक गरेको हो । 

चालू आर्थिक वर्षको ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा विभागले प्रक्षेपण गरेको जनाएको छ । प्रक्षेपणअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी )को वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । यस्तो वृद्धिदर आव २०७७/०७८ मा ३.८३ प्रतिशत हुने संशोधित अनुमान र आव २०७६/०७७ मा २.४२ प्रतिशतले ऋणात्मक रहेको अन्तिम अनुमान रहेको विभागले जनाएको छ ।