शनिबार, आश्विन १७ गते २०८३

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय, जेठ १ बाट लागु हुने

बैशाख १४, २०७९ बुधबार
सातामा दुई दिन बिदा दिने सरकारको निर्णय, जेठ १ बाट लागु हुने

 

सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका हुन् । 

‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने,’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ। 

पेट्रोलियम पदार्थको मूल्य बढ्नु र विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दै गएपछि यस्तो प्रावधान लागू गरिएको बुझिएकाे छ । केहि साता अघि नेपाल आयल निगमले केही समय अघि हप्तामा दुईदिन सरकारी बिदाको प्रस्ताव गरेको थियो ।