काठमाडौं । केही बर्षदेखि गोप्यरुपमा अमेकिाले चन्द्रमामा चलाउदै आएको‘ सेक्रेट मून मिसन’असफल भएको छ । त्यहाँ अमेरिकाले अपरमाणु विस्फोटन गराइ त्यहाँको खजाना प्राप्त गर्ने गुप्त योजना बनाएको बनाएको समाचारमा जनाइएको छ ।
हुन पनि विज्ञानमा आधारित काल्पनिक चलचित्रहरूमा गरिने जस्तै कार्य गर्ने गरी अमेरिकाले त्यस्तो गुप्त योजना बनाएको बताइन्छ । जस अनुसार यता केहीवर्षदेखि अमेरिकाले त्यस मिसनमा काम गर्दै आएको थियो। तर उसको सिक्रिट मुन मिसन असफल भएको खुलासा गर्ने एक सरकारी दस्तावेज भाइस मिडियालाई प्राप्त भएको ताइएको छ ।
त्यस दस्तावेजले उल्लेख गरे अनुसार अमेरिकाले त्यो परियोजनामा धेरै ठूलो रकम खर्च गरेपनि परिणमतः त्यो योजना असफल भएको छ ।
उल्लेख गरे अनुसार करीब १६०० पृष्ठको त्यो दस्तावेजमा ‘एडभान्स्ड एअरोस्पेस थ्रेट आइडेण्टिफिकेसन प्रोग्राम’ र ‘एडभान्स्ड एअरोस्पेस विपन्स सिस्टम एप्लिकेसन प्रोग्राम’को उल्लेख छ ।
ती दुबै महत्वपूर्ण कार्यक्रम अमेरिकाका लागि रक्षा गुप्तचर नियोग डिफेन्स इण्टेलिजेन्स एजेन्सी (डिआईए)ले रकम खर्च गरेको बताइएको छ।
ती कार्यक्रमहरू १५ बर्ष अघि २००७ देखि २०१२ सम्म सक्रियरूपमा सञ्चालनमा रहेको थिए । सन् २०१७ मा पुग्दा त्यस कार्यक्रमका पूर्व निर्देशकले अमेरिकी रक्षामन्त्रालय पेण्टागनबाट राजीनामा दिएपछि यसबारे जानकारी पहिलो पटक सार्वजनिक हुन गएको थियो ।
एण्टि ग्राभिटी, टाइम ट्रयाभलि