–सीताराम थापा
गण्डकी प्रदेश सत्ता साझेदार गठबन्धन बीच बागलुङ जिल्लामा चुनावी तालमेल गर्ने सकसपूर्ण लामो कसरत पछि सहमति भएको देखिएको छ भने नेकपf एमालेले सबै स्थानिय तहमा आफनो उम्मेद्वार सर्वसहमतिमा चयन गरेको छ।
बागलुङको १० स्थानिय तहमा नेपाली काग्रेसले बागलुङ नगरपालिका, गल्कोट नगरपालिका, काठेखोला गाउँपालिका, बडिघाट गाउपालिका र निसिखोला गाउपालिकाको प्रमुख तथा अध्यक्ष पाएको छ। उसले उप प्रमुख तथा उपाध्यक्षमा जैमिनि नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला गाउँ पालिका र बरेङ गाउँ पालिका प्राप्त गरेको छ।
माओवादी केन्द्रले ढोरपाटन नगरपालिका र ताराखोला गाउँ पालिकाको प्रमुख/अध्यक्ष पाएको छ भने बागलुङ र गल्कोट नगरपालिका र निसिखोला गाउँपालिकाको प्रमुख/उपाध्यक्ष पाएको छ। राष्ट्रिय जनमोर्चा नेपालले जैमिनि नगरपालिका र हुग्दिशिर गाउँ पालिकाको प्रमुख/अध्यक्ष पाएको छ। यसै गरी काठेखोला र बडिघाढ गाउँपालिकाको उपाध्यक्ष पाएको छ।
सत्ता गठबन्धनको नेकपा समाजवादीले तमानखोला गाउँपालिकाको उपाध्यक्ष र वार्डहरुमा पाएको छ। जनता समाजबादी दलले केही वार्ड अध्यक्ष र सदस्य तथा कार्यपालिका सदस्य पाएको छ। जिल्ला समन्वय समितिको प्रमुखमा जनमोर्चा र उप प्रमुखमा नेकपा समाजवादीले पाएको छ।
गठबन्धनका नेताहरुले हस्ताक्षरीत गरि जानकारी गराएका छन। अन्य वार्डहरुमा पनि भागबन्डा मिलाई गठबन्धन गरेको छ।
नेकप एमालेको नगर प्रमुखहरु बागलुङ नगरको जनकराज पौडेल र ढोरपाटनको प्रमुखमा देब बहादुर नेपालि उप प्रमुखमा करमति पुन लमई दोहोर्याएका एमालेले बताएको छ। दुबै पक्ष्यले आ आफू जित्ने दाबि गरेको छ।
कस्ले जित्ने र नजित्ने भन्ने बिगतमा गरिएका काम र जनताको चेतना स्तरमा निर्धारण हुने साथमा गठबन्धनको प्रभाबकारीता र एमालेको एक्कल प्रभाबको नतिजा देखिने नागरिक समाजका अगुवाहरु बताउछन।
अर्का थरी साना प्रगतिशिल दलहरु संसदिय निर्वाचनमा बिश्वास नगर्ने हुदा यस्तो राज्य संरचना बाट केही नहुने पनि बताउछन्र। पर्यवेक्षकहरू गठबन्धन र एमालेका उम्मेदवार प्रायः सबै प्रतक्षपरोक्ष सबै एमसीसीका समर्थक दलहरूकै चकचकी रहेको चर्चा गरिरहेका छन् ।