शनिबार, आश्विन १७ गते २०८३

किसानका मागहरू लिएर ६ किसान संगठनले संयुक्त संघर्ष गर्ने

बैशाख ११, २०७९ आइतबार
किसानका मागहरू लिएर ६ किसान संगठनले संयुक्त संघर्ष गर्ने

देशका ६ किसान संगठनहरूले किसानका जल्दा बल्दा मागहरूलाई लिएर संयुक्त संघर्ष गर्ने भएका छन् । त्यसका लागि उनीहरूले सामन्तबाद र साम्राज्यबाद र नब उदारबाद बिरोधी सबै किसान संगठनहरुलाई सयुक्त आन्दोलनमा सरिक हुन आह्वान पनि गरेका छन् ।

यस सम्बन्धमा एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै  अखिल नेपाल किसान यूनियन लगायत ६ किसान संगठनहरूले हिजाे यस्ताे माग गरेका हुन्। बिज्ञप्तिमा हस्ताक्षर गर्ने संगठनहरुमा  नेकपा (माओवादी केन्द्र)सँग आबद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सँग आबद्ध अखिल नेपाल किसान महासंघ (अन्फा), नेकपा (मसाल)सँग आबद्ध अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी)सँग आबद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध अखिल नेपाल किसान यूनियन र नेकपा (माले)सँग आबद्ध अखिल नेपाल प्रगतिशील किसान संघ संलग्न छन् ।

किसान संगठनहरुले किसानका जल्दा बल्दा मागहरुलाई लिएर संयुक्त संघर्ष गर्न सामन्तबाद र साम्राज्यबाद र नब उदारबाद बिरोधी सबै किसान संगठनहरुलाई सयुक्त आन्दोलनमा सरिक हुन आह्वान पनि गरेका छन् ।

उनीहरुले किसानहरूका लागि समयमै गुणास्तरीय मलखाद उपलब्ध गराउनु पर्ने, कृषि क्षेत्रमा आयात प्रतिस्थापन गर्नठोस र प्रभावकारी  नीति तर्जुमा र कार्यान्वयन गर्नुपर्ने, नभइ नहुने आयात गर्नु पर्ने भएमा  परीक्षण गरी  बिषादीरहीत कृषिजन्य आबश्यक सामाग्री मात्र अयात गर्नुपर्ने,महँगी नियन्त्रण गरिनुपर्ने र कृषि र किसानलाई आबश्यक सबै सुबिधान दिनु पर्ने तथा नबउदारबादी अर्थतन्त्रबाट नेपालको कृषि क्षेत्रलाई मुक्त गरिनु पर्ने कुरामा संयुक्त बिज्ञप्तिले जोड दिएको छ ।

राज्य र राजनीतिक दलहरुले नीति निर्माण गर्दा किसानलाई प्रतिनिधित्व गराउनु पर्ने समेत माग बिज्ञप्तिमा गरिएकाे छ ।संयुक्त बिज्ञप्तिकाे पूर्ण पाठ यस प्रकार छ ः

kissan.jpg