शनिबार, आश्विन १७ गते २०८३

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस नेपाल भ्रमण सकेर फर्किए

बैशाख १०, २०७९ शनिबार
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस नेपाल भ्रमण सकेर फर्किए

काठमाडौँ । नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाको निमन्त्रणामा नेपालको तीन दिने भ्रमण आएका  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीनदिने भ्रमण पूरा गरी आज जेनेभातर्फ प्रस्थान गरेका छन्।

बिश्व स्वास्थय संगठनका महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू पनि आजै जेनेभा प्रस्थान गरेका छन् ।

यस भ्रमणका क्रममा टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरे ।

भ्रमण सकेर फर्किने क्रममा महानिर्देशक नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए।