शनिबार, आश्विन १७ गते २०८३

अक्टोबर क्रान्ति र महान लेनिन अमर छन् !

बैशाख ९, २०७९ शुक्रबार
अक्टोबर क्रान्ति र महान लेनिन अमर छन् !

 

subedi.png

लाेकनारायण सुबेदी

       विश्वमा शोषित पीडित वर्ग — मजदुर–किसान वर्ग — को पहिलो राज्य स्थापना गर्ने र शोषणयुक्त मानब समाजलाई पहिलो पटक ‘शोषण्बिहीन मानब समाज’को बाटोमा अग्रसर गराउने — बैज्ञानिक समाजवादी क्रान्तिको  बार्षिकी बिश्वभरी रुसी पात्रो अनुसार नोभेम्बर ७ मा मनाउने गरिएको हो । त्यसैले ६  बर्ष अघि २०१६ नोभेम्बर ७ देखि २०१७ को नोभेम्बर ७ सम्म मानब मुक्तिको महान समाजबादी अक्टोबर क्रान्तिको शत बार्षिकी  बिश्वभरी नै बिभिन्न कार्यक्रमकासाथ मनाइएकाे थियाे । यस क्रान्तिका प्रणेता  महानायक लेनिनको जन्म जयन्ति त्यो वर्ष अक्टोबर समाजवादी क्रान्तिको शतबार्षिकीकै बीचमा पर्न आएको थियो र यो शत बार्षिकीसँगै जोडेर बिश्वभर लेनिन जयन्ति पनि मनाइएकाे थियो  ।

    यसैले त्यति बेला विश्वमा लेनिनको बहुआयामिक ब्यक्तित्वलाई अझ गहिराईकासाथ बुझ्न र शोषित पीडित जनताई उठाउन, जगाउन र अघि बढाउन  चाहने जो कसैले पनि लेनिन र अक्टोबर क्रान्तिको धेयलाई अझ राम्रोसँग पक्रिन, बुझ्न र सही दिशा लिन उत्तिकै आवश्यक छ सम्झिएको थियाे र सम्झिएकाे छ । लेनिनको समयभन्दा आज विश्व अझ जटील अन्तरबिरोधका बीचबाट अबश्य गुज्रिरहेको छ । तर यसले साम्राज्यवादी बित्तीयपूँजीवाद र श्रमजीबी वर्गका बीचको चर्कदो अन्तरबिरोधलाई नै अझ तीब्ररुपमा उजागर गरेको छ र सर्बहारा वर्ग र साम्राज्यवाद बीचकोअन्तरबिरोधलाई नै अझै पनि विश्वको मूल अन्तरबिरोध हो भन्ने कुराकै  पुनर्पुष्टी गरिरहेको छ । त्यसलै लेनिनले दिशा निर्देश गरेको मलू बाटोबाटट कतै भड्िकनु पर्ने र बिज्ञान र प्रबिधिको अत्याधुनिक विकासले गर्दा अन्तरबिरोध फेरिएको कथित निचोड निकालेर श्रमजीबी जनताका बीच भ्रम फैलाउनुको कुनै तुक छैन । यो शोषक वर्गको जानी जानी या अज्ञानताबश सेवा पु¥याउने काम मात्र हुनजान्छ । राज्य र राज्य सत्ताका बारेमा लेनिनका सटीक बिचारहरुलाई आत्मसात र चिन्तन मनन नगरी जथाभावी किसिमले लेनिनवादलाई अर्थ्र्याउने र पथभ्रष्ट गर्ने काम पनि आज भइरहेको छ । यसबाट क्रान्तिकारीकम्युनिष्टहरु राम्ररी जोगिनै पर्दछ ।

         महान मार्क्सबादी चिन्तक तथा मार्क्सवादका सच्चा एवं बैज्ञानिक प्रयोक्ता लेनिनले वर्ग संघर्षको विकासलाई राम्रोसँग बुझेर ‘ठोस परिस्थितिको ठासे बिश्लेषण’ गरिनुपर्ने जुन अत्यन्तै महत्वपूर्ण र सारगर्भित अबधारणा अघि सार्नु भएको थियो त्यो विश्व सबर्हारा बर्गकाे मुक्ति आन्दोनलका लागि आज पनि उत्तिकै सामयिक, सान्दर्भिक र साथर्क छ । त्यसबाट यताउता लाग्नु भनेको वर्ग संघर्षलाई तिलाञ्जली दिनु र मूल बाटोबाट भड्किएर झोडितिर पस्नु सरह हो । फलतः त्यसले श्रमजीबी जनताको मुक्तिको आन्दोलनले सही बाटो लिन सक्तैन । लेनिनले डुमा(रुसी संसद)को उपयोग गरेको कुरालाई पनि ‘अक्कल बिनाको नक्कल’ गरेजस्तो गर्दा नेपाल लगायत धेरै मुलुकमा कम्युनिष्ट आन्दोनल आज संसदवादको भासमा नराम्रोसँग फँसेको छ अनि त्यसैलाई मूलधार भनेर कम्युनिष्ट आन्दोललाई दिग्भ्रमित तुल्याउने बिल्कुलै गलत काम भइरहेको छ । वर्ग संघर्षको मातहतमा संसदीय संघर्षलाई नराखी गैर कम्युनिष्ट पार्टी सरहनै कम्युनिष्ट पार्टीहरु पनि चल्ने स्खलित कारणले गर्दा एकातिर कम्युनिष्ट आन्दोलन कमजोर भएर गएको छ भने अर्काे तिर श्रमजीवी वर्गको वर्ग संघर्षलाई पनि शिथिल र दिग्भ्रमित तुल्याइएको छ । वर्गलाई बिर्सिएर अरु गैर कम्युनिष्ट पार्टीहरुले जस्तै अबर्गीय क्षुद्र स्वार्थहरुका आधारमा चल्न थालेपछि त्यो नाम मात्रको गैर कम्युनिष्ट पार्टी सरह जनताको भोट तान्न अनेक जालझेल र तिकडमबाजी गर्ने कम्युनिष्ट पार्टी बन्ने गरेको सत्यलाई कसैले पनि ढाकछोप गर्न खोजेर छोपिने कुरा होइन र छोपिदैन । वास्तवमा हाम्रो देशमा कम्युनिष्ट चरित्र र निष्ठामा ह्रास आउनुको एउटा प्रमुख कारण नै यही हो ।

    बस्तुतः कम्युनिष्ट आन्दोलन खराबका बिरुद्ध असलका लागि लडिने एउटा निरन्तरको अबिराम संघर्ष हो । सामाजिक बिभेद, बिषमता, अन्यायका बिरुद्ध, पद पददलितहरुलाई सबै किसिमका शोषण र उत्पीडनबाट मुक्त गर्ने आन्दोलन मात्रै यो होइन, सबै किसिमका अन्धविश्वास, कुरीति र गलत परम्पराका बिरुद्ध समानता, न्याय र बैज्ञानिक दृष्टिकोण र ब्यवहार अर्थात् सभ्य, सुसँस्कृत मानबीय समाजको स्थापना, रक्षा र त्यसको शतत उन्नत दिशामा निरन्तरताका लागि संघर्ष जारी राख्ने यो विश्वब्यापी उच्च सभ्यता निर्माणको आन्दोलन हो । त्यसैले यो आन्दोलन आजको विश्वमा मानबता, शान्ति र सम्मानपूर्ण जीवन र समान मानब समृद्धिका लागि एउटा अनिबार्य र अपरिहार्य आन्दोलन बनेको छ ।

       बास्तवमा आज विश्वमा जुन बिषमता छ, विकासको नाममा बिषाक्त बनाइएको प्रकृति-अमैत्री जुन परिवेश छ, आणबिक, परमाणबिक रासायनिक एवं जैविक जुन शस्त्रास्त्रको भयावह होडबाडी चलेको छयसको अन्त्य गर्न र सुन्दर, शान्त, प्रकृति–मैत्री विकासको मूल बाटो अबलम्बन गर्दै सम्पूर्ण मानब समुदायका बीचको बगीर्य शोषण र सामाजिक उत्पीडनको स्थिति छ त्यसको अन्त्य गर्न विश्वभरका कम्युनिष्ट क्रान्तिकारीहरुले आज महान अक्टोबर समाजवादी क्रान्तिको इतिहास र त्यसको धेय तथा त्यस सम्वन्धमा महान लेनिनले अघि बढाएको मानव मुक्तिको क्रान्तिकारी परम्परालाई अझ उच्च उठाउन र आजको बस्तुस्थिति अनुकूल यसलाई अग्रगति प्रदान गर्न अत्यन्तै गम्भीररुपमा चिन्तन मनन गर्नु जरुरी छ । महान् अक्टोबर समाजवादी क्रान्तिको धेय सदा सर्बदा  अमर छ ! विश्व सर्वहारा वर्गका गुरु महान् लेनिन अमर छन्