शनिबार, आश्विन १७ गते २०८३

कृष्णकुमार गिरीलाई बधाई ज्ञापन कार्यक्रम सम्पन्न 

बैशाख ६, २०७९ मंगलबार
कृष्णकुमार गिरीलाई बधाई ज्ञापन कार्यक्रम सम्पन्न 


बहादुरगंज,कपिलबस्तु । शहबाज खाँन

नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजले एक कार्यक्रमको आयोजना गरी नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सभापति केन्द्रिय सदस्य तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णकुमार गिरी लाई बधाई ज्ञापन गरेको छ । गिरीलाई दोसल्ला,खादा र पूmलमाला लगाई बधाई ज्ञापन गरिएको हो । 

278284044_532936004936984_362653333274618178_n.jpg
अध्यक्ष गिरीलाई मिति २०७९ साल बैशाख १ गते नयाँ बर्षका दिन  सम्माननीय राष्ट?पति विद्यादेबी भण्डारी ले एक समारोहका बीच प्रबल जनसेवाश्री पदकबाट बिभुषित गर्नु भएको थियो ।  २०७८ साल असोज ३ गते  संविधान दिवस (राष्टि?य दिवस) का दिन बिभुषण प्रदान गर्न घोषणा भए बमोजिम गिरी बिभुषित हुनु भएको हो । नेपाल राष्ट?को गौरब एवं नेपाली जनताको हित अभिबृद्धिमा उल्लेखनीय योगदान पुर्याए बापत यसको उच्च मुल्यांकन गर्दै सम्मान स्वरुप “प्रबल जनसेवाश्री चतुर्थ श्रेणी” द्धारा विभूषित गरिएको थियो । यस्तै गिरीलाई आँखा स्वास्थ्य सेवामा अतुलनीय योगदान पुर्याएको भन्दै नेपाल नेत्रज्योति संघ केन्द्र ले आप्mनो २७ औं अबिधेशनको अवसरमा “नेत्रज्योति प्राध्यापक डाक्टर रामप्रसाद पोख्रेल समाजसेवी सम्मान” बाट समेत सम्मानित तथा पुरस्कृत गरेको थियो । सम्मानीत व्यक्तित्व गिरी तुलसीपुर उपमहानगरपालिका ७, दाङ निबासी हुनुन्छ ।

278464457_666622287958406_6338142372306348834_n.jpg

कार्यक्रम नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल का प्रशासनिक समितीका संयोजक शारदा चौधरी को अध्यक्षता,नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सभापति केन्द्रिय सदस्य एवं अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णकुमार गिरीको प्रमुख आतिथ्यता तथा नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सचिव सुरेन्द्रबहादुर खड्काको विशिष्ट आतिथ्यतामा भएको थियो ।  बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी गिरीले यो मानपदबी आफुले पाएको नभई समग्र आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका कर्मचारीको अथक योगदान र परिश्रमको फल भएको उद्घोष गर्नु भयो । उहाँले अगाडि भन्नुभयो आफुले पाएको मानपदबीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरब एवं श्रीबृद्धिमा लाग्नलाई आफुलाई थप हौसला मिलेको उहाँले बताउनुभयो ।

278464457_666622287958406_6338142372306348834_n.jpg

कार्यक्रममा नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सचिव सुरेन्द्रबहादुर खड्का,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका प्रमुख प्रशासक शम्सेर थापा,छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका नेत्र विशेषज्ञहरु डा.ईप्सा भण्डारी,डा.शिलु थापा, प्रशासकीय अधिकृत जसराज विश्वकर्मा,बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्द लगायतले बधाई मन्तव्य गर्नु भएको थियो । कार्यक्रमको संचालन सूचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो ।