शुक्रबार, कार्तिक ७ गते २०८३

मरे पनि बाँचिरहन्छ– जीन्दगी

बैशाख ६, २०७९ मंगलबार
मरे पनि बाँचिरहन्छ– जीन्दगी

Sitaramthapa.jpg

–सीताराम थापा


सम्बन्धहरू हुन्छन्, राख्नुपर्छ
आशा पनि राख्नुपर्छ
तर आशामुखी हुन हुँदैन।
आसा नि गर,

विश्वास गर्नुपर्छ गर
तर जाँची हेर
अतीतका व्यवहार सम्झ
वर्तमानका आचरण हेर।
भबिष्य सुधार,

जीवन जन्म, मृत्यू अस्यंभाबी छ,
सबैको लागि, जाचि हेर ईमान्दार,
पक्रिहेर अरुको माया, सद्भाव,
समीक्षा गर, बर्तमान सम्म,
बनाउ सुखमय  जीन्दगी
खुसी र शान्तिका लागि,! 

सके मरेर पनि बाचौ, 
नसके दिनदिनै हासौ,
हासो मात्र जीवन होईन,
आँसु प्रेम पनि जीवन
जहाँ हासो लुकेको हुन्छ,

पारिवारीक मिलन, बालापनको क्षण
बैसहरुको मन, सार्थक र ईमान बन
बृद्व हुने र सकिने, बाचेर पनि मर्नु हुन्न,
मरेर बाच्ने चाहा हुनु पर्छ,
प्रगति उन्नति साझा हुनु पर्छ
जीवन ज्युनुको सार्थकता बन

भर आफैमा पर
आत्मसम्मानको सम्मान गर
माया बिश्वास ईमानमा फेर
पछुतो र विचलित नहुने गरी
अगाडि बढ।
जीवन अघि र पछिहुदै 
अघि बढ,
मरेर पनि बाच्ने गरी अघि बढ

(थापा लेखक एवं अभियन्ता हुन्)