शुक्रबार, कार्तिक ७ गते २०८३

वाणिज्य बैंकको ऋणपत्रको विक्री प्रबन्धकमा सानिमा क्यापिटल

बैशाख ५, २०७९ सोमबार
वाणिज्य बैंकको ऋणपत्रको विक्री प्रबन्धकमा सानिमा क्यापिटल

 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गर्न लागेको आरबीबीबीएल डिबेञ्चर २०८९ को निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजारका दरले कुल ५ अर्ब रुपैयाँ मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।

कुल ५० लाख कित्ता ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाइ बिक्री गरिने बैंकले जनएको छ । २० लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिने भएको छ ।