महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत डस्टबिन सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै बैंकको शिशुवा शाखाले श्री लक्ष्मी आदर्श युवा क्लव, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवालाई १० थान डस्टबिन हस्तान्तरण गरेको हो ।
शिशुवा वरपर रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टबिन हस्तान्तरण गरिएको कुरा बैंकका शिशुवा शाखा प्रबन्धक बिमल बाँस्तोलाले जानकारी गराए ।
एक विशेष कार्यक्रमका बिच बैंकका शिशुवा शाखाका प्रबन्धक बाँस्तोलाले युवा क्लवका अध्यक्ष निर्भान देवानलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष निर्भान देवानले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको उल्लेख गरे । स्थानीय नगर वरपर फोहरमैला व्यावस्थापनमा सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मद्दत पुगोस् भन्ने हेतुले डस्टविन वितरण गरिएको कुरा बैंकले जनाएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २७ वर्ष देखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । मुलुकभर १०३ शाखाहरुबाट कोर बैकिङ्गका सेवाहरु मात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुलाई बैंकले प्रभावकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको जनाएको छ ।