मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रविना देशराज श्रेष्ठले पाएकी छिन् । बैंकको नायव प्रमुख कार्यकारी श्रेष्ठले बैशाख २ गतेदेखि कामु सीइओको जिम्मेवारी सम्हाल्न लागेकी हुन् ।
बैंक सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि उनलाई कामु सीईओको रुपमा नियुक्त गरेको हो । बैंकको सीईओ अनुपमा खुञ्जेलीले राजिनामा दिएसँगै उक्त पद रिक्त रहेको छ ।
मेगा बैंक स्थापनाकालदेखि नै श्रेष्ठ त्यहाँ कार्यरत छिन् । तीन दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठले त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन् । कामु सीईओ श्रेष्ठ २०७८ को प्रबल जनसेवाश्री (चतुर्थ) विभुषित समेत भइसकेकी छिन् ।