शुक्रबार, कार्तिक ७ गते २०८३

पाल्पाको हुँगीमा ग्लोबल आइएमई बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर

चैत्र ३०, २०७८ बुधबार
पाल्पाको हुँगीमा ग्लोबल आइएमई बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर

 

ग्लोबल आइएमई बैंक लिमिटेडले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।

नयाँ एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५१ पुगेको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।


एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै स्थानीय बासिन्दाले सहजरुपमा सम्पूर्ण बैंकिङ सेवा लिन सक्नेछन् ।

बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ सेवा, २५७ एटीएम तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।