ग्लोबल आइएमई बैंकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १४ बुइपामा नयाँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या दुईसय ७५ पुगेको बैंकले जनाएको छ। शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासिन्दाले स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्ने बताइएको छ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, युटिलिटी बिलको भुक्तानी, मोबाइल रिचार्जलगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका ग्रामीण क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ। बैंकले देशभर दुई सय ८८ शाखा, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, दुईसय ५६ एटीएम, ५१ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको जानकारी दिएको छ।