शुक्रबार, कार्तिक ७ गते २०८३

श्रीलंकाले भन्यो: ५१ अर्ब डलर विदेशी ऋण तिर्न सक्दैनौं

चैत्र २९, २०७८ मंगलबार
श्रीलंकाले भन्यो: ५१ अर्ब डलर विदेशी ऋण तिर्न सक्दैनौं

 

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले आफुलाई विदेशी ऋण भुक्तानी गर्न नसक्ने घोषणा गरेको छ । आफुसँग भएको सबै विदेशी मुद्रा सकिएकोले ऋण तिर्न असक्षम भएको घोषणा श्रीलंका सरकारले गरेको हो । 

श्रीलंकाले आजबाट ५१ अर्ब विदेशी ऋण तिर्न नसक्ने भन्दै डिफल्टको अन्तिम उपाय अपनाएको हो । यस पछि ऋणदाता संस्था वा मुलुकहरुले यात ऋणको ब्याजलााई साँवामा गणना गर्नुपर्ने यात श्रीलंकाली मुद्रामा रकम भुक्तानी लिनुपर्नेछ । 

श्रीलंका सरकारले आपतकालिन उपायको रुपमा यस्तो कदम उठाएको जनाएको छ ताकि मुलुककाे वित्तीय स्थिति थप जटिल हुन नपाओस् । २ करोड २० लाख जनसंख्या रहेको श्रीलंकाली आर्थिक संकटका कारण पीडित र आक्रोशित बनेका छन् ।